बोचुममाथि बायर्नले ७–० को फराकिलो जित निकाल्यो।

एजेन्सी := बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा फराकिलो विजय हासिल गरेको छ ।  गएराति भएको खेलमा भीएफएल बोचुममाथि बायर्नले ७–० को फराकिलो जित निकालेको हो ।

बायर्नको एकतर्फी जितमा साडियो मानेले दुई गोल गरे भने लोरी साने, म्याथिस डी लिग्ट, किङ्सले कोम्यान र सेर्जी जिनाब्रीले एकएक गोल गरे । साथै बोचुमका क्रिस्टियन गाम्बोयाले एक आत्मघाती गोल गरेर उपहार पनि दिए ।

जितसँगै बायर्नले तीन खेलबाट ९ अंक जोडेको छ । बायर्न शीर्ष स्थानमा छ । तीन खेलमा अंकविहीन बोचुम लिगको पुछारमा छ ।