सामाजिक सञ्जालमा बालेन र सम्पाङबीच राजनीतिक जुहारी।

काठमाडौं := काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क सम्पाङबीच सामाजिक सञ्जालमा घोचपेच भएको छ ।

धरानका मेयर सम्पाङले सामाजिक सञ्जालमा काठमाडौंलाई लक्षित गर्दै स्टाटस लेखेपछि काठमाडौंका मेयर शाहले जवाफ फर्काएका हुन्। मेयर सम्पाङले बुधबार साँझ सामाजिक सञ्जालमा लेखे ‘जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे !’

त्यसपछि उनकै स्टाटसमा मेयर बालेनले प्रतिक्रिया दिँदै लेखेका छन्- ‘हो नि … तपाईकै लौरो चुनाव चिह्न लिएर मैले चुनाव पनि त जितेको हो नि !’

मेयर सम्पाङले फेरि सामाजिक सञ्जालमा लेखेका छन्- ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा !’ हालै काठमाडौं आएका मेयर सम्पाङले सडकमा थुप्रिएको फोहोर देखेर श्रमदमन गर्न मन लाग्योसमेत भनेका थिए ।