पाकिस्तानको राष्ट्रिय गान पुनः रेकर्ड गरी सार्वजनिक, १५५ जनाको स्वरसहित १३ महिनामा रेकर्ड।

एजेन्सी (कराची):= पाकिस्तान देशको राष्ट्रिय गान (national  anthem song )  पुनः रकेर्ड गरी सार्वजनिक गरिएको छ । पाकिस्तानको ७६औँ स्वतन्त्रत दिवसको अवसरमा पुनः रेकर्ड गरिएको राष्ट्रिय गानजारी गरिएको हो । १३ महिनामा रेकर्ड भएको यो राष्ट्रिय गान यस पटक १५५ गायकले गाएका छन् ।

पाकिस्तानको राष्ट्रिय गान पहिलोपटक रेडियो पाकिस्तानमा १३ अगष्ट १९५४ मा प्रसारित भएको थियो, जसको गीत हाफिज जालन्धरीले लेख्नुभएको थियो र अहमद गुलामअली छागलाले संगीत दिनुभएको थियो । अहिले सन् २०२२ मा पुनः रेकर्ड भएको राष्ट्रिय गानमा ६८ वर्षअघि पहिलोपटक रेकर्ड गरिएको राष्ट्रिय गानको धुन र शब्दमा कुनै परिवर्तन भएको छैन ।

वाद्ययन्त्रमा पनि कुनै परिवर्तन गरिएको छैन । यद्यपि, यसमा अब भाषिक, सांस्कृतिक, धार्मिक र लैंगिक विविधतामा विशेष ध्यान दिएर पाकिस्तानका सबै समुदाय र संगीतका शैलीका गायकहरू समावेश छन् । यसबाहेक रेकर्ड गर्न नयाँ प्रविधिको प्रयोग गरिएको छ ।

यस धुनलाई पुनः रेकर्ड गर्न जुन २०२१ म पूर्वसिनेटर जावेद जब्बारको अध्यक्षतामा पाकिस्तान तहरिक–ए–इन्साफको सरकारले एउटा स्टियरिंग समिति गठन गरेको थियो । यस समितिका सदस्यहरूमा प्रख्यात संगीतकार रुहेल हयात, अरशदमहमूद, उस्ताद नफिस अहमद, आइएसपीआर निर्देशक (उत्पादन) ब्रिगेडियर इमरान नक्वी र फिल्म उद्योगका दिग्गज सतीश आनन्द हुनुहुन्थ्यो ।

सन् १९५४ मा राष्ट्रिय गान रेकर्ड गर्दा १० जना गायकले गाएका थिए । त्यस समयमा राष्ट्रिय गान गाएका गायकहरूमा अहमद रुस्दी, जवर हुसैन, अख्तर अब्बास, गुलाम दस्तगीर, अनवर जहीर, अख्तर वासीअली, नसीमा शाहीन, रशिदा बेगम, नजम आरा, कोकब जहाँ र शमिम बानो हुनुहुन्थ्यो ।

तलको लिङ्कमा क्लिक गरेर पूरा गीत र म्युजिक भिडियो हेर्नुस् :