काठमाडौं := ट्यालेन्ट पिक इन्कर्पोरेटले सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल नेपाल २०२२’ को लागि आवेदन खुला गरेको छ । सन् २०२२ को संस्करणको लागि आवेदन खुल्ला भएको हो ।
१८ वर्षदेखि माथि उमेर समूहका युवायुवतीले सहभागिता जनाउन सक्ने छन् । प्रतियोगितामा युवकको हकमा कम्तीमा ५ फिट ५ इन्च र युवतीको हकमा कम्तीमा ५ फिट उचाई हुनु पर्ने प्रावधान छ ।
प्रतियोगिताको अडिसन ११ भदौमा हुनेछ । अडिसनबाट छनोट भएका प्रतियोगीले फाइनलमा सहभागी हुन पाउने आयोजक परमानन्द चौधरीले बताए । अडिसनमा सहभागी हुन इच्छुक प्रतिस्पर्धीले ग्लोबल अनलाईन पेमार्फत आवेदन दिन सक्नेछन्।
आयोजक संस्थाकी मेनेजर स्वस्ती दंगालले अन्तिम स्पर्धाका लागि छानिएका प्रतियोगीलाई करिब एक महिनासम्म व्यक्तित्व विकास, सञ्चार कला, पब्लिक स्पिकिङ, शारीरिक फिटनेस, -याम्प वाक, बडी ल्याङ्वेज, फोटोसुट, एक्सप्रेसनलगायतका ग्रुमिङ कक्षामा सहभागी गराइने बताइन् ।
प्रतियोगिताको विजेताले दुई लाख रुपैयाँ बराबरको उपहारसहित अन्तर्राष्ट्रिय फेसन र मोडलिङ सम्बद्ध विभिन्न आकर्षक अवसर प्राप्त गर्नेछन् ।




















