काठमाडौं:= काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बञ्चरेडाँडामा फोहोर लिएर जाने सडकको अवस्था नाजुग भएको भन्दै प्रचण्डको आलोचना गर्नुभएको छ ।
ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा प्रचण्ड अंगरक्षक जसरी बसिरहेको मेयर शाहको अरोप छ। प्रचण्डलाई सम्बोधन गर्दै बालेनले ककनीको बाटो नबनाउने घरबेटीको अंगरक्षक जस्तो बसेर कुन नैतिकताले देश बनाउँदै छु भनेर भन्नसक्नुभएको भनेर प्रश्न समेत गर्नुभएको छ ।
बालेनले हिलाम्य सडकको भिडियो फेसबुकमा पोस्ट गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नैतिकतामाथि पनि प्रश्न उठानुभएको छ । उक्त सडक बनाउने जिम्मा पाएको शैलुङ कन्स्ट्रक्सन कम्पनीका सञ्चालक शारदाप्रसाद अधिकारी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बस्दै आएको घरको घरबेटीसमेत हुन् ।
बालेनले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘श्रीमान प्रचण्डज्यू उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
फाइल तस्वीर





















