[ पूर्ण चलाउने ]
जापान:= २८ औं विश्व आदिवासी दिवस जापानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । टोकियोस्थित शिनओकुबो मुराहलमा नेपाल आदिवासी जनजाति महासंघ जापानले शुभकामना आदान(प्रदान तथा विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी विश्व आदिवासी दिवस मनाएको छ ।
उक्त आदिवासी दिवस तमु धी जापान, नेपाल तामाङ समाज, जापान, किराँत याक्थुङ चुम्लुङ जापान, नेपाल मगर संघ, जापान, किराँत राई यायोक्खा, जापान, थकाली सेवा समिति जापान, शेर्पा संघ जापान, नेवाः खल जापान, नेपाल आदिवासी जनजाति महासंघ, चिबा क्षेत्रिय कमिटी, थारू कल्याणकारिणी सभा जापान, नेपाल थामी समाज जापान र नेपाल आदिवासी जनजाति पत्रकार जापानको सहआयोजनामा मनाइएको हो ।
जापान स्थित नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ जापानका अध्यक्ष संजिव चाम्लिङ राईको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न झाँकी तथा नृत्यहरू प्रस्तुत गरिएका थिए भने विभिन्न विधामा काम गरिरहेकाहरुलाई सम्मान पनि गरिएको थियो ।




















