इङ्ग्लिस प्रिमियर लिग: बराबरीमा रोकिए चेल्सी र टोटेनहम, दुबै टोलीको प्रशिक्षकले पायो रेड कार्ड।

एजेन्सी := इङ्ग्लिस प्रिमियर लिग फुटबल खेल अन्तर्गत गएराति सम्पन्न खेलमा चेल्सी र टोटेनहम बराबरीमा रोकिएका छन्। स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा घरेलु टोली चेल्सी टोटेनहमसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

खेलको १९ औं मिनेटमा कालीडोउ कोउलीबलीले मार्क कुकुरेल्लाको पासमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। उनको गोलमा चेल्सी पहिलो हाफमा दबदबा बनाउँदै एक गोलले अघि रह्यो। दोस्रो हाफमा टोटेनहमका पिअरे इमाइल होबिर्गले गोल फर्काउँकै खेल बराबरीमा ल्याए।

उनले खेलको ६८ औं मिनेटमा बेन डेभिसको पासमा गोल गरेका थिए। योसँगै चेल्सीका प्रशिक्षक थोमस टुचेल र टोटेनहमका एन्टोनियो कोन्टेवीच विवादको अवस्था बनेको थियो। दोस्रो हाफमा टोटेनहमका ह्यारि केनले केही उत्कृष्ट अवसरहरु पाएर पनि सदुपयोग गर्न चुके।

यता ७७ औं मिनेटमा चेल्सीका रीस जेम्सले रहीम स्ट्रलिङको पासमा गोल थपेपछि खेलमा फेरि चेल्सीले अग्रता बनायो। यसपाला टोटेनहमका ह्यारी केनले इभान पेरिसिचको पासमा हेडरमार्फत गोल गर्दा खेल २-२ गोलको बराबरीमा टुंगियो।

खेल सकिएपछि हात मिलाउने क्रममा दुबै टोलीका प्रशिक्षक तनावपूर्ण अवस्थामा आएका दिए । यसपछि रेफ्रीले दुबै प्रशिक्षकलाई रातो कार्ड देखाएका थिए । यस बराबरीसँगै दुवै टोलीको २ खेलमा ४ अंक भएको छ ।