मोनिका र विवेकले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि जिते।

काठमाडौं:= नुवाकोटकी १९ वर्षीया मोनिका अधिकारी र काठमाडौंका २० बर्षीय विवेक खड्गीले ‘जोय मोडल हन्ट नेपाल २०२२’ को शीर्ष उपाधि चुमेका छन् । २६ जना प्रतियोगिलाई पछि पार्दै अधिकारी महिला र २४ प्रतियोगीलाईपछि पार्दै खड्गी पुरुष तर्फको विजेता बनेका हुन्।

सिल्भर ओएक गैरिधारमा अबेर साँझ आयोजित स्पर्धामा शिर्ष विजेता बनेका दुबैले उपाधिका साथमा नगद ५ लाख बराबराको उपहारसहित आगामि १ देखि १५ सेप्टेम्बरसम्म थाइल्याण्डमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘सुपर मोडल इन्टरनेशनलमा’ र ‘मिस्टर अटुरिजम वल्र्ड’ मा क्रमस महिला र पुरुषले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

मोडल हन्ट नेपालको यो सातौं संस्करण हो । प्रतियोगितामा सम्राट सिंह र मल्लिका फैजु फस्टरनर अप स्मृति श्रेष्ठ र सुरज गोयन्का सेकेन्ड रनर अप चुनिए । प्रतियोगितामा कृपा श्रेष्ठ र आदर्श श्रेष्ठ मोष्टइस्टाइलिस, विवेक खड्गी र साइच्छा थापा वेष्टपर्सनालिटी, सारा राई र कर्मा तोपग्ये वेष्टवाक, एन्जल राई र उगल लिम्बु मिष्टर एण्ड मिस मल्टिमिडिया, रुविन श्रेष्ठ र पल्पसा श्रेष्ठ पब्लिक च्वाइस, स्मृति श्रेष्ठ र सम्राट प्रताप सिंह मोष्ट फोटोजेनिक, मल्लिका फैजु र मौसम देवन राई बेष्ट फिजिक र फिगर, सरन एरिक विलियम्स र मोनिका अधिकारी कर्मसियल मोडल, सुर्य महर्जन र स्तुति श्रेष्ठ मष्ट पपुलर विजेता बने ।

Photo : pradeep photography

प्रतियोगीताको निर्णायकमा नुतन श्रेष्ठ ९मिष्टर नेपाल २०२२०, नम्रता श्रेष्ठ ९पूर्वमिस नेपाल २०२००, प्रशान्त ताम्राकार ९फष्ट म्यानहन्ट इन्टरनेशनल १९९५०, अभिमन्यु सिंह तमोर ९अन्तर्राष्ट्रिय कोरियोग्राफर०, राजभाई सुवाल ९फोटोग्राफर० मदन रौनियार ९जोय कस्मेटिक नेपालकमा चियरम्यान० रहेका थिए ।