एनआरएनए मलेसियाको आयोजनामा यहीँ अगस्ट २० तारिख तिज कार्यक्रम हुने।

[ आरएन चौधरी थारु ] 

क्वालालम्पुर ( मलेसिया ):= गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय् परिषद् ( एनआरएनए ) मलेसियाको आयोजनामा तिज कार्यक्रम आयोजना हुनेभएको छ।

नेपाली हिन्दू धर्मावलम्बी महिलाहरुको महान पर्व हरितालिका तिजको पावन अवसरमा यहीँ अगस्ट २० तारिख २०२२ शनिबारको दिन दिउँसो ०३:०० बजेदेखि सो कार्यक्रम आयोजना हुने भएको हो।

एनआरएनए मलेसियाको आफ्नै सभाहलमा आयोजना हुने सो कार्यक्रममा नेपाली तिजपर्व विशेष कल्चरल नृत्य नाचगानको साथै अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुने एनआरएनए मलेसियाको महासचिव रन्जीत क्षेत्रीले जानकारी दिनुभयो।

रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत रहनुभएका सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा उपस्थितिको लागि हार्दिक आह्वान सहित निमन्त्रणा समेत गर्नुभएको छ।