रक्षाबन्धन तथा जनैपूर्णिमा: महत्व र विशेषता।

काठमाडौं:= प्रत्येक वर्ष आउने श्रावणशुक्ल पूर्णिमाको दिनलाई जनैपूर्णिमा अर्थात रक्षाबन्धन भनिन्छ । यस दिनलाई हिन्दुहरूको एउटा विशेष चाडकारुपमा लिइन्छ । नेपाल तथा भारतका विभिन्न ठाउँमा यसलाई विभिन्न नाम राखिएको पाइन्छ । वैदिक पृष्ठभूमिमा यसलाई श्रावणी अर्थात्ऋषितर्पणी भन्ने गरेको पाइन्छ। नेपालको तराइ क्षेत्र तथा भारतमा यसलाई राखीपूर्णिमा भनिएको पाइन्छ । नेपालकै नेवार समुदायमा यसलाई क्वाँटी खाने दिनका रुपमा तथा गुनुपुन्ही भनेर मनाइन्छ । यसवाहेक कजरी पूर्णिमा, नरियल पूर्णिमा, अवनि अवित्तम तथा जे सुकैनाम दिए पनि हामीहरूका लागि यो पर्व जनैपूर्णिमा तथा रक्षाबन्धनका नामले प्रसिद्ध छ ।

श्रावण शुक्ल पूर्णिमालाई ऋषितर्पणी भनिन्छ । ऋषि भनेको को हुन् र यीनलाई सम्झेर श्रद्धा प्रकट गर्नुको अर्थ के हो ? यस सम्बन्धमा बुझ्न जरुरी हुन्छ । वास्तवमा ऋषि भनेका हाम्रा पूर्वज मूल हुन् । उनबाट नै यो मूल्यवान जीवनको परम्परा सुरु भएको मानिन्छ। त्यसैले उनलाई सम्झना गर्नु सभ्यताको सूचक हो । त्यस्ता संझन योग्य ऋषि को हुन् त भन्दा ऋषिहरू धेरै भए पनि सप्तऋषि उल्लेख्य मानिन्छन् । अहिले वैवश्वत, मनुको पालो भएकाले यीनको पालामा ऋषिहरूमा कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठको नाम लिने गरिन्छ ।

यस्ता सप्तऋषिलाई सम्झेर यिनलाई तर्पण दिनुपर्ने र यिनको पूजन गरिने पवित्र दिन भएकाले यस दिनलाई ऋषिसँग जोडेर ऋषितर्पणी भनिन्छ । यस दिनान तागाधारीहरूले आफ्नो जीवन र कर्मको प्रतीकको रूपमा नूतन यज्ञोपवितलाई नेपाली भाषामा जनै भनिने भएकाले जनैको नासँग जोडी जनै पूर्णिमा पनि भन्ने गरिन्छ। यज्ञोपवित वैदिक संस्कृतिमा गरिने स्रोह संस्कारमध्ये एक संस्कार, उपनयन संस्कारसँग जोडिएको कारणले गर्दा उपनयन संस्कारको प्रतीकको रुपमा जनैलाई लिने गरिन्छ । वास्तवमा हरेका मानव जन्मदा शुद्र भएर जन्मिएको हुन्छ र पछि कर्मद्वारा द्विज बन्दज । भनेर भनिएको छ ।

वास्तवमा जुन वर्गमा जन्मिएको भएपनि कर्मले अर्थात् उपनयन संस्कारद्वारा संस्कारित भएर द्विज अर्थात् ब्रा≈मण बन्दछ । यो शासत्रीय वचनले पनि मानव मानवको बीचमा जातपातको विभाजनको कुनै अर्थ रहदैन र मानवले जस्तो कर्म गर्दछ त्यो कर्म अनुसार उसको जात तय हुन्छ भने बुझ्न जरुरी हुन्छ ।विभिन्न ठाउँ, चलन तथा धार्मिक परम्पराअनुसार यस पर्वलाई फरकफरक ढंगले मनाए पनि ब्रा≈मण तथा क्षत्रीयहरूका लागि यो पर्व विशेष महत्वपूर्ण मानिन्छ । यस दिन विहान सबेरै उठेर नदी तथा जलाशयमा गई स्नान गरेर शुद्ध भएपछि जप, ध्यान गरी वैदिक विधिअनुसार भगवान शिवजीको पूजा गरी वैदिक मन्त्रहरूले नयाँ जनैहरु (५४ सरा धागोले ब्रह्म गाँठो पारी बनाइएको यज्ञ सुत्र) मन्त्रेरपुरानो जनै निकाली फेरिन्छ ।

जनै लगाउनाले आयु तथा बल वृद्धि हुने तथा पापनाशक हुने कुराको विश्वास गरिन्छ । जनैपूर्णिमाको दिन मुलरूपमा ब्रा≈मणहरूद्वारा मन्त्र उच्चारण गर्दै यजमानहरूलाई पवित्रताको सूचक धागो बाँधेर उनीहरूको जीवनमा विभिन्न प्रकारको अशुभता, दरिद्रता, भाग्यहीनता र असुरक्षालाई समाप्त गर्ने प्रयास गरिन्छ भनेर विभिन्न धर्मग्रन्थमा उल्लेख भए पनि, यसलाई विद्वान समाजमा जे–जसरी लिउन् तर आफन्तको माया र पवित्रता देखाउनु नराम्रो पक्कै हैन, दिदीबहिनीले दाजुभाइलाई बोलाएर जनै दिने हातमा धागो अर्थात् राखी बानी उपहार दिँदै उनीहरूको सु–स्वास्थ, दिर्घायु जीवनको लागि कामना गर्दै आशीर्वाद दिने र विभिन्न थरीका खाने कुरा, ढकने (खिरको परिकार), सेलरोटी, खिचडीजस्ता खानेकुरा आजको दिनमा सबैभन्दा महत्वपूर्ण रहने भएकाले मीठो स्वादमा पकाएर दाजुभाइलाई खान दिने र हाँसीखुसी खाँदै सबैले यो चाड मनाउने गर्दछन् भने आजको दिनमा बुढापाकाले भने आफूले मान्य आफ्ना ज्वाइँचेलालाई बोलाएर ज्वाइँबाट हातमा धागो बान्दै जनै फेर्ने र ज्वाइँलाई टिका लगाई हातमा फल तथा दक्षिणा दिने चलन छ ।

हिन्दु धर्मावलम्बी ब्राह्मण बाट सुरु हुने यो चार्ड हर्ष र उल्लासका साथ आफ्नो संस्कृति र धर्मको पालना गर्दै मनाउँदै आएको छ । यस दिन बाँधिएको डोरालाई तीन महिनापछि लक्ष्मीपूजाको दिन फुकाई गाईको पुच्छरमा बाँध्ने गरिन्छ, यसो गर्नाले मरेपछि वैतरणीनाम गरेको नदी पार गर्न तिनै गाईले सहयोग गर्नेछिन् भन्ने कुराको विश्वास गरिन्छ। पौराणिक कथनअनुसार यसै दिन महाराज इन्द्रले बृहस्पति गुरुको सल्लाह लिई भगवान विष्णुको आराधना गरे भने भगवान विष्णुलेबलीराजा दानवको घमण्डलाई नाश गरी पाताल लोकमा राज्य गर मतिम्रै साथमा रहनेछु भनी बाचाबन्धन गरेकाले यसैको विजयोत्सव स्वरुप यो पर्व मनाउँदै आएको पाईन्छ ।

नेपालको तराई क्षेत्रमा राखीको चलन र यस चाडको महत्व एकदमै बढिरहेको छ । आज काठमाडौंको पशुपतिनाथ, भक्तपुरको कुम्भेश्वर महादेव, गुल्मीको रेसुंगा र रिडीको ऋषिश्वर मठमा, रसुवाको गोसाइँकुण्ड, जनकपुरको गंगासागर, धनुषासागर, महोत्तरीको जलेश्वरनाथमा, सोलुखुम्बुको दूधकुण्ड, खोटाङको हलेसी, जुम्लाको दानसाधु, नगरकोटलगायतका पर्वतीय शिखर, महादेवस्थान र त्रिवेणीधामलगायत विभिन्न धार्मिक स्थान, मठ, मन्दिर, पवित्रस्थल, नदी किनारमा मेला पनि लाग्दै आएको छ । यसको अतिरिक्त अन्य देवस्थल र तीर्थ स्थलमा पनि दर्शनार्थीहरूको भीड लाग्दछ ।