क्वालालम्पुर (मलेसिया):= श्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उदेश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को फाइनल कार्यक्रम यहीँ अगस्ट ५ तारिखको दिन भब्य सम्पन्न भएको छ।
मलेसियाको राजधानी क्वालालम्पुर कोतरायामा अवस्थित एनआरएनएको सभाहलमा आयोजित सो अवार्ड बितरण कार्यक्रममा विभिन्न बिधामा अवार्ड प्रदान गरि स्रष्टालाई सम्मान समेत गरिएको थियो।
सम्पन्न अवार्ड कार्यक्रममा मलेसिया र सिंगापुरबाट बिशिस्ट ब्यक्तित्व कलाकारहरुको उपस्थितिको साथै नेपालबाट आउनुभएको कलाकारहरुको समेत उल्लेख सहभागीता रहेको थियो। साथै कार्यक्रममा मलेसियामा कार्यरत नेपालीहरु लगायत विभिन्न संघसंस्थाको पदाधिकारीहरुको सहभागीता रहेको थियो।





















