सबैभन्दा बढी मानिसको जनसंख्यामा चीन देशलाई उछिन्दै द्रुत गतिमा अगाडि घट्दै भारत।

काठमाडौं:= चीनले सधैँ आफ्नो जनसांख्यिक तथ्यांकहरूको बारेमा गलत खबर फैलाएको छ र आधिकारिक तथ्यांकलाई चुनौती दिने जो कोहीका विरुद्धमा कारबाही गर्दै आएको छ। त्यसैले चीनमा देशको जनसंख्याको वास्तविक आकार र वृद्धिको प्रक्षेपणका बारेमा लामा बहसहरू भएका छन्।

तर भर्खरै, ठूला मात्रामा तथ्याङ्क चुहिँदा भारतको जनसङ्ख्याले सन् २०२३ मा चीनको जनसंख्यालाई उछिन्ने देखिएको छ। चीनको आधिकारिक जनसांख्यिक तथ्यांकहरू व्यवस्थित रूपमा अधिक अनुमान गरिएको छ भन्ने सबैलाई थाहा भए पनि, अधिकारीहरूले तथ्यांक माथि प्रश्न उठाउने जो कोहीलाई पनि कारबाही गर्दै आएको छ।

उदाहरणका लागि, मेरो पुस्तक ‘बिग कन्ट्री विथ एम्प्टी नेस्ट’ सन् २००७ मा प्रकाशित हुँदा तुरुन्तै प्रतिबन्ध लगाइएको थियो, किनभने यसले चीनमा प्रचलित एक–बच्चा नीतिको बारेमा चिन्ता व्यक्त गरेको थियो र चिनियाँ अधिकारी र संयुक्त राष्ट्रसंघले सन् २००६ को विश्व जनसङ्ख्या सम्भावना (डब्लुपीपी) ले प्रक्षेपण गरेको जसरी चिनियाँ जनसङ्ख्या सन् २०३३–३४ मा होइन, सन् २०१७ देखि नै कम हुन थाल्नेछ भन्ने भविष्यवाणी गरेको थियो।

त्यसपछि, सन् २०१९ मा, मैले निष्कर्ष चीनको जनसङ्ख्यालाई भारतले यसअघि सन् २०१४ मा नै उछिनेको थियो र सन् २०१८ देखि घट्न थाल्यो (दुई बच्चा नीति अख्तियार गरेका कारण मेरो प्रारम्भिक अनुमान भन्दा एक वर्ष पछि) निकालें जवाफमा, चिनियाँ तथ्यांक ब्यूरोका प्रमुखले मलाई अफवाहहरू सिर्जना गरेको आरोप लगाउन चाइना सेन्ट्रल टेलिभिजनमा गए, र पीपल्स डेलीअनलाइनले मेरो निष्कर्षलाई ‘चीनमा २०१९ को शीर्ष दस अफवाहहरू’ मध्ये तेस्रो स्थान दियो। अहिले, संयुक्त राष्ट्रले जारी गरेको विश्व जनसंख्या सम्भावना (डब्लुपीपी) २०२२ ले कि चीनको जनसङ्ख्या यस वर्षदेखि घट्न थालेको निष्कर्ष निकालेको छ (यसको सन् २०१९ को प्रक्षेपण भन्दा दस वर्ष पहिले), र भारतको जनसंख्याले सन् २०२३ मा चीनको जनसंख्यालाई उछिन्नेछ (२०१९ को पूर्वानुमान भन्दा सात वर्ष अगाडि)।

अझै पनि, अघिल्ला संशोधनहरूमा जस्तै, डब्लुपीपीले चीनियाँ जनसंख्याको तथ्यांकलाई बढाइरहेको छ। सन् २०२२ डब्लुपीपी, चिनियाँ तथ्यांक ब्युरो, र चीनको २०२० जनगणना सबैले चीनको सन् १९९० पछिको जन्मलाई बढाइचढाइ गरेको छ। सन् २०२० को जनगणना र २०२२ को डब्लुपीपीले चीनमा धेरै बच्चा जन्मने क्रमको उत्कर्ष सन् २००४ मा पुगेको देखाएको छ, तर तथ्यांक ब्युरोले २०११ मा उत्कर्षमा पुगेको बताएको छ, र तीनवटै डेटा सेटमा सन् २०१० पछिको जन्मको संख्या लगभग उस्तै छ।

यो स्मरणीय छ कि चीनले सन् २०१६ मा दुई बच्चा नीतिलाई सर्वव्यापी बनाउनुअघि सन् २०१४ सम्म पनि छनौट र रुचिका आधारमा दुई बच्चा जन्माउन नदिने गरी एक बच्चा नीति कायमै राखेको थियो। एक–बच्चा नीतिले प्रजनन क्षमताको चिनियाँ अवधारणालाई सदाको लागि परिवर्तन गरेको र अर्थतन्त्रलाई नयाँ आकार दिएको हुनाले सन् २०१५, सन् २०१७ वा त्यसपछि जन्मदरमा वृद्धि भएन।

त्यसोभए, हामीले सन् २००४ र सन् २०११ मा गरिएको रिपोर्टलाई जन्मदर उच्च भएको भन्ने रु सन् २०१० को घरपरिवार दर्ता तथ्याङ्क अनुसार ३ देखि १४ वर्षको जनसंख्या मात्र १६ करोड ९० लाख थियो, र सन् २०१० को जनगणना अनुसार १७ करोड ६० लाख थियो। तैपनि, चिनियाँ तथ्यांक ब्युरोका अनुसार सन् १९९६ देखि २००७ अवधिमा २१ करोड बच्चाको जन्म भएको थियो।

त्यस्तै, २०२२ डब्लुपीपीले २०२२ मा गरेको गणना अनुसार १५–२६ वर्ष उमेर समूहका मानिसहरू १९ करोड ५० लाख थिए। स्वास्थ्य र शिक्षामा भएको सुधारसँगै प्रजनन दरमा कमी आएको पक्षलाई विचार गर्ने हो भने ताइवान दुवै कुरामा चीनभन्दा करिब १५ वर्ष अगाडिको सुधारउन्मुख अवस्थामा छ। जबकि ताइवानको सन् १९८९–२००४ को अवधिमा १.५ र सन् २००५–२१ को अवधिमा १.०८ को औसत प्रजनन दर थियो।

सन् २०२२ मा डब्लुपीपीले सन् २००४ देखि १९ को लागि चीनको औसत प्रजनन दर १.६८ भएको बताएको छ। के हामीले वास्तवमा एक बच्चा नीतिले प्रजननदर घटाउनुको सट्टा यसलाई बढायो भन्ने पत्याउनुपर्छ ? चीनको सन् २००० र २०१० को जनगणनामा, यसको कुल प्रजनन दर क्रमशः १.२२ र १.१८ थियो, र यसको पहिलो– क्रम प्रजनन दर–महिलाको प्रजनन उमेर समूह (१५–४९) मा एक महिलाले जन्माएको पहिलो बच्चाहरूको औसत संख्या – ०.८६ र ०.७३ थियो।

त्यो ताइवानको सन् १९८५–९५ को औसत पहिलो क्रम ०.७५ को प्रजनन दरसँग स्थिर छ। तर सन् २०२२ डब्लुपीपी को सन् २००० र सन् २०१० को १.६३ र १.६८ को कुल प्रजनन दरले १.१५ र १.०३ को रूपमा पहिलो– क्रम प्रजनन दरलाई संकेत गर्दछ। त्यस्ता तथ्यांकहरूमा विश्वसनीयता छैनः चीनको पहिलो क्रमको प्रजनन दर १.० भन्दा कम हुनुपर्छ, किनभने यसमा देशको बाँझोपन दर, कमजोर प्रजनन क्षमता, जुम्ल्याहाको कम सम्भावना, र अविवाहित र डीन्क (बच्चाविहीन दोहोरो आय भएका) परिवारहरूको संख्यालाई समेत विचार गर्नुपर्छ।

यसबाहेक, बीसीजी खोप (क्षयरोग विरुद्ध) चीनमा जन्मेको २४ घण्टा भित्र प्रत्येक नवजात शिशुको लागि अनिवार्य छ, र हामीलाई थाहा छ कि औसत १.२–१.५ नवजात शिशुहरूलाई बीसीजीको एक मात्रा (साना अस्पतालहरूमा एक नवजात र ठूला अस्पतालहरूमा तीन जनासम्म) खोप लगाउन सकिन्छ। उदाहरणका लागि, सन् २०१० मा १ करोड १५ लाख ४० हजार मात्रा खोप वितरण गरिएको थियो, र २०१० को जनगणनाले १ करोड ३७ लाख ९० हजार मानिसहरूलाई ० वर्षको उमेर देखाएको थियो, त्यसपछि औसत १.२ नवजात शिशुहरूलाई प्रति मात्रा खोप लगाइयो।

सन् २०१८, सन् २०१९ र सन् २०२० मा, बीसीजी वितरण गरिएको संख्या क्रमशः ६२ लाख २० हजार, ५७ लाख ३० हजार, र ५३ लाख ७० हजार रहेको थियो। यसको अर्थ सन् २०१८ मा चीनको जनसङ्ख्या घट्न थालेको थियो (जब मृत्यु कुल ९९ लाख ३० हजार थियो), र यसबाट चाँडै नै नाइजेरिया र पाकिस्तानको तुलनामा चीनमा प्रति वर्ष कम जन्मिने संख्या कम हुने आँकलन गर्न सकिन्छ।

(यस खोजलाई बैदु ट्रेन्डले पुष्टि गरेको छ – यसलाई चीनमा गुगल ट्रेन्ड जस्तै मानिन्छ – जसले सन् २०१८ मा मातृत्व पहिरन, स्ट्रोलर र कोक्रो जस्ता नवजात– सम्बन्धित खरिदहरूमा गिरावट देखाउँछ) । तैपनि, सन् २०२२ डब्लुपीपी को जनसंख्या तथ्यांक अनुसार, सन् २०१८, सन् २०१९ र सन् २०२० को बीसीजीको प्रत्येक मात्रा क्रमशः एक जनालाई मात्र नभएर २.७, २.६ र २.५ नवजात शिशुहरूलाई प्रदान गरिएको देखाउँछ। यसले सामान्य चिकित्सा ज्ञानलाई नकार्छ।

यस्ता विसंगतिहरूलाई हामीले के गर्ने ? सौभाग्यवश, गत जुनमा सांघाई प्रहरी विभागबाट ठूलो चुहावटले वास्तविक तथ्याङ्कलाई उजागर गर्न मद्दत गर्छ। लगभग एक अर्ब चिनियाँ नागरिकहरूको व्यक्तिगत तथ्याङ्क प्राप्त गरेको दाबी गर्दै, एक अज्ञात ह्याकरले लगभग ७५०,००० रेकर्डहरूको नमूना जारी गरेको छ, जसमा सबै उमेरका २५०,००० व्यक्तिहरूको घरपरिवार दर्ता तथ्यांक समावेश छ। नमूना तथ्यांक अत्याधिक छरपष्ट र अनियमित छन् जुन तिब्बतका दुर्गम, विरलै जनसंख्या भएका क्षेत्रहरू सहित लगभग हरेक काउन्टी समेटिएको छ।

सबै सन् २०१० को जनगणनाको तथ्यांकसँग थर द्वारा जनसंख्या हिस्साको मामलामा मिलेको देखिन्छ। नमूनाहरूमा पूर्ण रूपमा एकरूपता नभएकोले, देशव्यापी रूपमा प्रत्येक उमेर समूहका मानिसहरूको संख्या पत्ता लगाउन सम्भव छैन, तर उमेर समूहको समग्र ढाँचा विगतको जनगणनासँग मेल खान्छ। यसले सन् १९९० पछिको जन्म मैले अनुमान गरेभन्दा छिटो घट्दै गयो र वास्तवमा सन् २००४ वा २०११ मा त्यो उत्कर्षमा थिएन भन्ने यकिन गर्छ। यसको मतलब चीनको वास्तविक जनसंख्या १.४१ अर्ब (आधिकारिक आँकडा) होइन र मेरो आफ्नै अनुमानभन्दा पनि सानो हुन सक्छ जुन १.२८ अर्ब हो।

यसको मतलब यो पनि हो कि चीनको आर्थिक, सामाजिक, विदेश र रक्षा नीतिहरू–साथै संयुक्त राज्य अमेरिका र अन्य देशहरूको चीनप्रति – गलत जनसांख्यिक तथ्यांकमा आधारित छन्। अप्रत्याशित रूपमा तीव्र बुढ्यौलीले चीनको अर्थतन्त्रलाई सुस्त बनाइरहेको छ, राजस्व घटाउँदैछ र सरकारी ऋण बढिरहेको छ, यस वर्ष प्रान्तहरूले निजामती कर्मचारीहरूको तलब र पूर्वाधार लगानीमा कटौती गरेको छ। स्पष्ट रूपमा, चीनको रणनीतिक विस्तारलाई समर्थन गर्ने जनसङ्ख्याको आधार समाप्त भएको छ।

के चीनले आफ्नो रणनीतिलाई समायोजन गरेर पश्चिमासँग राम्रो सम्बन्ध खोज्नेछ, वा विश्व व्यवस्थालाई कमजोर बनाउन रुसलाई पछ्याउनेछ ? पहिलो विकल्प स्पष्ट रूपमा चीन र पश्चिम दुवैको हितमा छ, जसले बुढ्यौली संकटको सामना गरिरहेको छ जसले यसलाई रणनीतिक संकुचनलाई अनुसरण गर्न आवश्यक रहनेछ। दोस्रो, लम्बिदो अवनतिका लागि एक निश्चित सूत्र हो। अमेरिकाको विसकन्सेन विश्वविद्यालयका वैज्ञानिक यी फुजियानको प्रोजेक्ट सिन्डिकेटमा छापिएको आलेखको भावानुवाद।

प्रस्तुतिः मनोजराज रेग्मी

श्रोत : आइएनएस-स्वतन्त्र समाचार