[ आरएन चौधरी थारु ]
क्वालालम्पुर (मलेसिया):= विदेशबाट नेपाल फर्किने , प्रवेश गर्ने यात्रुहरूले भर्दै आइरहेको यात्रु विवरण फारम सिसिएमसी (CCMC) फारम अबदेखि भर्न नपर्ने भएका छ्न।
आज बिहीवारदेखि लागू हुनेगरी अब उप्रान्त विदेशबाट नेपाल फर्किने जो कोहि यात्रुले पनि सिसिएमसी (CCMC) फारम भर्न नपर्ने नेपालस्थित अध्यागमन बिभागले एक सूचना सार्वजनिक गरि जनाएको हो।
यस् अधि कोरोना महामारीको नयाँ भेरियन्टको सङ्क्रमण रोकथामका लागि भन्दै हवाई मार्ग तथा स्थल मार्ग भई नेपाल प्रवेश गर्ने यात्रुहरूले सीसीएमसीको फारम अनिवार्य भरेर साथमै लिएर यात्रा गर्नुपर्ने नियम लागू गरिएको थियो ।
अब भने यात्रुले यो फारम भर्न पर्दैन । तर नेपाल यात्रा गर्दा कोरोनाको खोप लगाएको प्रमाणपत्र भने पेस गर्नुपर्छ । खोप लगाएको प्रमाण नभएमा ७२ घण्टा भित्रको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ भएको हुनुपर्छ ।
तल हेर्नुहोस अध्यागमन बिभागले सार्वजनिक गरेको सूचना :





















