कर्णालीको सुन्दरता समेटिएको प्रतापदास र सरिताको गीतको म्युजिक भिडियो सार्वजनिक(भिडियो सहित)

काठमाडौं:= कर्णाली प्रदेशको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ आधुनिक गीत ‘तिम्रो मायाले न हो…’ को भिडियो सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा गायक प्रताप दाश र गायिका सरिता भारतीको स्वरमा छ ।

गीतको छायांकन मुगुको रारा, आछाम र जुम्लाका विभिन्न स्थानमा गरिएको छ । छायांकार दिव्यराज सुवेदीले कर्णालीको सुन्दरतालाई निकै आकर्षकसँग भिडियोमा उतार्नुभएको छ ।देवल भण्डारीले लेखेको यो गीतलाई एलिश कार्कीले संगीत गर्नुभएको हो ।

चलचित्रका लागि भनिएको यो गीतलाई विलक्षण क्रियसनले बजारमा ल्याएको हो । गीतमा संगीत संयोजन शैलेन्द्र एम श्रेष्ठ (बाबु) ले गर्नुभएको हो । जसमा जुगल डंगोलको मिक्सिङ र मास्टरिङ रहेको छ । यो गीतको भिडियोमा अभिनेता यसराज गराच र गायिका सरिता भारतीले अभिनय गर्नुभएको छ ।

कर्णाली प्रदेश प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेकाले त्यहाँको पर्यटन प्रवद्र्धन गर्न यो भिडियोको छायांकन मुगु, अक्षाम र जुम्लामा गरिएको भिडियोका निर्देशक डब्बु क्षत्रीले बताउनुभयो । यो भिडियोमा सुवास बुढाथोकीको नृत्य निर्देशन छ । भिडियोमा वीरेन्द्र भाट विपिनको सम्पादन छ ।

तलको लिङ्कमा क्लिक गरेर पूरा भिडियो हेर्नुहोस :