यसपटकको दसैँमा खाद्यवस्तु लगायतमा अत्याधिक मुल्यवृद्धि हुनसक्ने।

काठमाडौं := यसपटकको दसैँ सामान्य नागरिकका लागि सुखद् नहुने सम्भावना देखिएको छ । असोजमा पर्ने दसैँका लागि नयाँ वस्तु आयात गर्ने समयमा बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य तरलता अभाव र व्याजदर वृद्धिका कारण उपभोक्ताले झन् बढी महँगी झेल्नु पर्ने केन्द्रीय बैंकको सर्वेक्षणको निष्कर्ष छ ।

आर्थिक वर्ष २०७८/०७९ को चौथो चौमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिनामा मूल्यवृद्धि उच्च हुने बताएको छ । आगामी तीन महिनामा नै बजारमा दसैँको रौनक सुरु हुन्छ । तर उक्त समयमा मूल्यवृद्धि ह्वात्तै बढेर १४.२ प्रतिशत पुग्ने अनुमान गरिएको सर्वेक्षण नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ