एजेन्सी := बलिउड नायिका करिना कपुरको एउटा यस्तो तस्विर बाहिर आयो जुन तस्विर देखेपछि उनी तेस्रो पटक आमा बन्न लागेको खबर भाइरल बन्यो । सोसल मिडिया भरी करिना फेरी पनि आमा बन्न लागेको विषय गर्माए पछि उनले मुख खोलेकी छन।
उनले आफु आमा बन्न नलागेको भन्दै उ लेखेकी छन् म प्रग्नेन्ट छैन । सैफलेै यस अघि नै जनसंख्या मा आफ्नो योगदान दिइसकेका छन् । हाहाहा भन्दै इमोजी बनाएकी छन् । करिना कपुर र सैफ तैमुर जेहका आमा बाबु बनी सकेका छन्।
त्यस्तै सैफकी पहिली पत्नी अमृता सिंह बाट पनि सारा र इब्राहिम जन्मेका छन् । सारा बलिउडमा पछिल्लो समयकी चल्तीकी नायिका हुन् । करिना पछिलो समय फिल्म ‘लाल सिंह चड्ढामा व्यस्त छन। सो फिल्म ११ अगस्टमा रिलिज हुने बताइएको छ।




















