पौडी खेलाडीहरू गौरिका, डुवाना, टिशा र अनुशिया तण्डुकारलाई नगदसहित सम्मानपत्रले सम्मान।

काठमाडौं:= नेपाल पौडी संघले नेपालमा आयोजना भएको दक्षिण एसियाकै उच्च प्रतियोगिता १३औँ दक्षिण एसियाली खेलुदमा नेपालको प्रतिनिधित्व गर्दै नेपालको गौरव विश्वसामु प्रस्तुत गर्न सफल पौडी खेलाडीहरू गौरिका सिंह, डुवाना लामा, टिशा शाक्य र अनुशिया तण्डुकारलाई नगदसहित सम्मानपत्रले सम्मान गरेको छ ।

गौरिकालाई एक लाख, डुवानालाई ५० हजार र टिशा तथा अनुशियालाई नगद २५ हजारले सम्मान गरेको हो । गौरिकाले चार स्वर्ण, दुई रजत र तीन कास्य, डुवानाले दुई रजत र तीन कास्य, टिशाले चार कास्य र अनुशियाले तीन कास्य पदक हात पार्नुभएको थियो। विजयी खेलाडीहरूलाई प्रमुख अतिथि माननीय युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज अथकले पुरस्कार वितरण गर्नुभएको हो ।