वायु सेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको अन्तरिम आदेश।

काठमाडौं:= सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन नगर्न अन्तरिम आदेश दिएको छ। नेपाल वायुसेवा निगम ऐन, २०१९ मा निगमको कार्यकारी अध्यक्षलाई निलम्बन गर्ने व्यवस्था नभएको भन्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।

दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकको रूपमा कामकाज गर्न रोक लगाउँदै सर्वोच्चले अधिकारीलाई निगमको कार्यकारी अध्यक्षमा निरन्तरता दिन अन्तरिमआदेश गरेको हो ।अधिकारीले २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको थियो ।

सरकारले ११ कात्तिक २०७९ मा अधिकारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्षमा नियुक्त गरेको हो । असार ६ सरकारको मन्त्रिपरिषदको निर्णयबाट अध्यक्ष अधिकारीलाई निलम्बन गरिएको थियो ।