अर्थ मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने।

काठमाडौं := प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीको जिम्मेवारी आफैँले लिनुभएको छ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि रिक्त भएको अर्थ मन्त्रालयको नेतृत्व प्रधानमन्त्रीले आफैँसँग राखेर कार्यविभाजन गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

अनाधिकृत व्यक्तिलाई संलग्न गराएर शर्माले करका दर हेरफेर गराएको भन्दै विवाद बढेपछि छानबिन गर्न बुधबार संसदीय समिति बनेको छ । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएको घोषणा गर्नुभएको थियो ।