काठमाडौं:= यौन एउटा यस्तो बिषय हो । जो सबैलाई आवश्यक छ तर कसैले पनि खुलेर कुरा गर्न सक्दैन । अझ नेपाल जस्तो देशमा त यौनका कुरा गर्न लजाउने गरेको पाइन्छ। जसले गर्दा यौन आकाँक्षाहरू मनभित्रै कुण्ठित हुन पुग्छ ।
अझ पुरुषहरूमा त आफ्नो साथीलाई लिएर धेरै कुराहरू मनभित्र खेल्ने गरेको पाइन्छ । तर उनीहरूले खुलेर व्यक्त गर्न सक्दैनन् । त्यो मध्येको एक हो के विवाह पूर्व आफ्नो साथीको कसैसँग यौन सम्पर्क भएको थियो वा थिएन ?
बिभिन्न समयमा यि कुराहरू उठ्ने गरेका छन् । तर चिकित्सकहरूले भने यस्ता कुराहरू निराधार भएको टिप्पणी गर्दै आएका छन्। पहिलो यौन सम्पर्कको बेला रगत आए/नआएको कुरालाई आधार मानेर पहिले यौन सम्पर्क भएको वा नभएको भन्ने अनुमान गर्ने चलन छ ।
महिलामा मात्र होइन्, पुरुषमा पनि लिंगको अगाडिको छाला फाटे/नफाटेको भन्ने कुराले पहिलो पटक शारीरिक सम्पर्क गरेको वा नगरेको भन्ने कुराको निष्कर्ष निकाल्ने गरिन्छ ।नेपाली समाजमा यस्ता गलत धारणा रहेका छन् । यौन अंगबाट रगत आउनु वा नआउनु भन्ने कुराले पहिलो पटक शारीरिक सम्पर्क गरेको वा नगरेको भन्ने कुरा निर्धारण गर्न सकिदैन ।
गलत धारणाका कारण विवाहपछि श्रीमान् र श्रीमतीबीच पनि विवाद हुने गरेका घटना बेला बेलामा सार्वजनिक हुने गरेका छन्। माहिलाको योनीको मुखमा बाल्यकालदेखि वा जन्मदेखि रहने जालो यौनसम्पर्कबाहेक दौडधुप, खेलकुद, पौडी, साइकल चलाउने वा अन्य यस्तै गतिविधिका कारणले पनि फुट्न सक्ने हुनाले पहिलो यौनसम्पर्कको बेलामात्रै यो फुटेर रगत नआउने चिकित्सकहरू बताउँछन् ।
पुरुषको पनि लिंगको छाला यौनसम्पर्क पछिमात्रै फाट्छ वा खुल्छ भन्ने कुरा पनि गलत हो । विवाहअगाडि यौनसम्पर्क राखे/नराखेको हुरा स्पष्ट रूपमा भन्नुपर्दा सेक्स गर्ने व्यक्तिबाहेक अरूले पछि थाहा पाउन सक्दैन। यौनसम्पर्क राख्दा योनी खुकुलो हुन्छ भन्ने कुरा पनि गलत भएको चिकित्सकहरूले बताएका छन् ।
विवाहपूर्व यौन सम्पर्क राखिएको कुरा थाहा पाउन गाह्रो छ। पुरुषलाई महिलाको यौनांगबारे सामान्य जानकारी हुने भए पनि आफ्नै यौनसाथीको योनिको बनावट र स्वरूप यस्तै थियो भन्ने थाहा हुँदैन। त्यसैले सामान्य तवरले यौन सम्पर्क राखिसकेको अथवा नराखेको योनि छुट्याउन गाह्रो हुन्छ।
यस्ता प्रश्न पुरुषको मात्र नभई महिलाहरूको पनि हुने गरेको छ। महिलाले पनि पुरुषले पहिले नै कसैसँग यौन सम्पर्क राखे नराखेको थाहा पाउन सक्दैनन् ।तर, घरपरिवार, छर-छिमेक अनि समाजले सम्भावित सम्बन्धलाई जहिले पनि निकै चासोका साथ नियालिरहेको हुन्छ र गोप्यता वा गोपनीयताको कुरा तुलनात्मक हुनसक्छ ।
अर्को व्यक्तिसँगको सामीप्यता कसै न कसैले देखेको हुन्छ र यस्ता कुरा सार्वजनिक हुनसक्छ अनि अन्त्यमा उक्त कुरा तपाईंको हुनेवाला श्रीमान वा श्रीमतिले पनि थाहा पाउने सम्भावना हुनसक्छ ।
किशोरावस्थामा पुगेसँगै विशेषतः विपरीत लिंगीसँग यौन सम्पर्क राख्ने चाहना हुन्छ। तर, वैवाहिक स्थितिमा जसरी सामाजिक तथा कानुनी तवरमा यौन सम्पर्क राख्न छुट छ, अन्य बेला यस्तो किसिमको स्वतन्त्रता हुँदैन।
विवाहपूर्व यौन सम्पर्क राखेपछि तुलनात्मक रूपमा पुरुष यौनसाथीले धोका दिने गरेको हुनाले विशेषतः प्रेमिल सम्बन्धमा रहेका जोडीले लिंग योनि सम्पर्कलाई विवाहपछिको लागि साँचेर राख्नु बुद्धिमानी हुन्छ।
एजेन्सीको सहयोगमा