नोभाक जोकोभिच विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश।

काठमाडौं:= अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सेन्टर कोर्टमा बुधबार अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै जोकोभिचले तेस्रो चरणमा स्थान बनाएका हुन् । शीर्ष वरीयताका सर्बियन जोकोभिचले थानासी थानासीमाथि ६-१,६-४ र ६-२ को सेटमा पराजित गरे ।

अब जोकोभिचले तेस्रो चरणमा मिओमिरसँग खेल्ने छन् । तेस्रो वरीयताका कास्पर रुड भने बाहिरिएका छन्। नर्वेका रुडलाई फ्रान्सका युगो हम्बर्टले पराजित गरे ।