नेपाली दूतावास दक्षिण कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे अन्तरक्रिया गर्ने।

दक्षिण कोरिया := नेपाली राजदूतावास दक्षिण कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे जुलाई ३ तारिख आतबारका दिन मध्याह्न १२ बजे जेजुमा अन्तरक्रिया कार्यक्रम गर्ने तय भएको छ । दुतावासले याे भन्दा पहिले पनि श्रमिकका हकहितको निम्ति यस्ता धरै कार्यक्रमहरु गरिसकेका छन् ।

राजदूतावास काेरियाले आगामी जुलाई ३ तारिख आइतबारका दिन मध्याह्न १२ बजे गर्ने उक्त कार्यक्रममा श्रम काउन्सिलर रमा भट्टराईको पनि उपस्थिति रहनेछ। उनी पछिल्लो समय नेपाली राजदुतावास काेरियाकाे तर्फबाटपनि निकै सक्रिय रुपमा प्रस्तुत भइरहेकी छन् ।

नेपाली राजदूतावास सउलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा श्रमिकका समस्या र घर फिर्ती तथा राजदूतावासले प्रदान गर्ने सेवाको विषयमा श्रमिकहरुसँग अन्तर्क्रिया गरिनेछ ।
यसाे गर्दा श्रमिकका लागि केही मात्रामा सहजता मिल्ने र श्रमिकका अन्य विषयमा पनि जिज्ञासा प्राप्त गरि सहजता प्रदान गर्न सकिने दुतावासकाे बुझाइ छ ।

कार्यक्रमकाे सहयोगी भुमिकामा भने एनआरएनए काेरिया,स्टार रेमिट लगायत संस्थाहरु छन् । उक्त कार्यक्रममा जेजु आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सहभागि हुन पनि राजदूतावासकाे अनुरोध छ।