स्वदेश फर्कियो नेपाली महिला क्रिकेट टोली।

काठमाडौं:= एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। टोली सोमबार बिहान स्वदेश आइपुगेको हो । वर्षाका कारण खेल प्रभावित हुँदा नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको थियो।

यूएईसँगको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको थियो । समूह चरणमा समूह विजेता बनेर फाइनल पुगेको यूएईले मलेसियालाई हराएर उपाधि जितेको छ। सेमिफाइनलबाट बाहिरिएपछि नेपाल एसिया कप क्रिकेटमा छनोट हुन सकेन।