काठमाडौं:= काठमाडौं महानगरपालिकाले कुहिँने फोहरलाई घरमै मल बनाउनेलाई सोही प्रयोजनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । आईतबार सम्पन्न काठमाडौं महानगरपालिकाको नगरसभाको ११ औं अधिवेशनमा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रममा सो कुरा घोषणा गरिएको हो । मेयर बालेन्द्र साहले सो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै फोहरलाई पुनः प्रयोग र प्रशोधन गर्न स्रोतमै बर्गिकरण गर्ने व्यवस्था मिलाइने समेत बताउनु भयो ।
प्रविधिमा आधारित फोहरमैला व्यवस्थापन प्रणाली उपयोग गरी महानगरको फोहरमैलाको दिगो व्यवस्थापन गरिने र यसका लागि आवश्यक अध्ययन, अनुसन्धान, प्रविधि पहिचान तथा सोको प्राप्ती, स्थापना, विकास र संचालनको कार्यक्रम गर्न एक छुट्टै परियोजना गठन गरी जिरो वेष्ट (ZERO WASTE) कार्यान्वयन अवधारणा कार्यान्वयन गर्ने नीति लिइने पनि नीति तथा कार्यक्रममा भनिएको छ ।
मेयर साहले फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुनः प्रयोग तथा सोबाट उर्जा उत्पादनका लागि काठमाडौं महानगरपालिकालगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा वेष्ट टु इनर्जी प्लान्ट जडान गर्ने नीति लिइने पनि बताउनु भयो । महानगरपालिका क्षेत्रमा रहेका सार्वजनिक जग्गाहरुको लगत राखिने उल्लेख गर्दै उहाँले ती ठाउँहरुमा पार्क निर्माण गरिने बताउनु भयो ।
नीति तथा कार्यक्रममा हरेक महिनाको पहिलो आईतबार ‘जनतासँग मेयर कार्यक्रम’ संचालन गर्ने व्यवस्था मिलाउने उल्लेख गरिएको छ । त्यसैगरी महानगरपालिकाका सबै कार्यालयहरुमा सिसीटिभी जडान गरी सेवा प्रवाहको कामलाई निगरानीमा राख्ने व्यवस्था मिलाइएको पनि मेयर साहले बताउनु भयो ।
महानगरपालिकामा हलुका सवारी साधनलाई व्यवस्थापन गर्नका लागि सवारी साधन मापदण्ड तर्जुमा गरी लागू गर्ने, महानगरपालिकाको सेवालाई होम डेलिभरी सरकारको अवधारणा अनुसार अघि बढाइने नीति पनि अघि सारिएको छ।

थप नीति तथा कार्यक्रम यस् प्रकार रहेका छ्न ।
• सबै विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय नेपाल भाषाको पाठ्यक्रम अनुरुप पठनपाठन गर्ने कार्यलाई निरन्तरता दिइनेछ ।
• सामुदायिक विद्यालयहरुको विद्यालय परिसर सुधार कार्यक्रम संचालन गरिनेछ | यस अन्तर्गत शौचालय निर्माण र स्तरोन्नति, निशुल्क सेनेटरी प्याडको सुबिधा, पिउने पानीको प्रबन्ध र विद्यार्थीका लागि लकरको व्यवस्था गरिनेछ |
• वडास्तरीय सामुदायिक सिकाई केन्द्र (Community Learning Center) मार्फत अनौपचारिक शिक्षा र सिप बिकास प्रबर्धन गर्ने कार्यक्रमहरु सञ्चालन गर्ने नीति लिइनेछ |
• महानगरपालिकामा कर तिरेका करदाताहरुको स्वास्थ्य बिमा गर्न आबश्यक प्रबन्ध मिलाइनेछ | बिमा शुल्कको बढीमा ५० प्रतिशत अनुदान उपलब्ध गराइनेछ |
• महानगरपालिका क्षेत्रभित्र स्थयी बसोबास गर्ने विपन्न नागरिकहरुको लागि अस्पतालमा नि:शुल्क बेडको प्रबन्ध मिलाइनेछ, एकीकृत एम्बुलेन्स सेवा संचालनको ब्यवस्था मिलाइनेछ |
• एक वर्षभित्रमा महानगरक्षेत्रभित्र रहेका सडक, ढल, खानेपानी पाइपलाइन, सडक बत्ति, टेलिफोन लगायतका सबै भौतिक पूर्वाधारहरुको डिजिटल प्रोफाइल (Digital Profile) तयार गरी एकीकृत विवरण सङ्कलन गरिनेछ , बिग्रेका ढल, बाटो थप क्षती हुन नदिन तथा तत्काल मर्मत सम्भारका लागि आवश्यक उपकरण, निर्माण सामग्री र जनशक्ति सहितको हाल संचालनमा रहेको पूर्वाधार एम्बुलेन्स सेवालाई विस्तार गरी निरन्तरता दिइनेछ |
• फुटपाथको स्तरोन्नति, सस्टपहरुमा यात्रीहरुको विश्रामका लागि परम्परागत शैलीको फल्चा, सार्बजनिक शैचालायहरुलाई स्तरोन्नति गरी अपाङ्गता तथा लैङ्गिकमैत्री बनाइने, महानगर उज्यालो कार्यक्रमलाई निरन्तरता
• हानगरक्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्पी थियटर निर्माण गरिने
• प्राचिन सभ्यताको धरोहरको रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा आगामी आर्थिक बर्षमा सम्पदा पुनरुद्धार गर्दै होमस्टे संचालनको ब्यबस्था मिलाइनेछ |
• नेवा: समुदायमा प्रचलनमा रहेको स्थानीय पेय पदार्थलाई आवश्यक कानुनी प्रकिया पुरा गरी अन्तराष्ट्रिय Branding गर्न पहल गरिने, बिभिन्न जात्रा, पर्वहरुलाई अन्तराष्ट्रियस्तरमा परिचित गराई पर्यटन प्रबर्धन गरिने
• फोहरलाई पुन: प्रयोग र प्रशोधन गर्न श्रोतमा नै बर्गिकरण गर्ने ब्यबस्था मिलाईने, फोहर बस्तुको संकलन, ढुवानी, प्रशोधन, पुन: प्रयोग तथा सो बाट उर्जा उत्पादनका लागि काठमाडौँ महानगरपालिका लगायत अन्य स्थानीय तहका उपयुक्त स्थानहरुमा Waste to Energy Plant जडान गर्ने
• सार्वजनिक जग्गाहरुको अतिक्रमण हटाई पार्क निर्माण गरिनेछ | हरेक महिनाको पहिलो आइतबार जनतासंग मेयर कार्यक्रम , महानगर ई लाइब्रेरी स्थापना गरी संचालनमा ल्याइने छ |
• महानगरपालिकाद्वारा प्रबाह गर्ने सेवालाई क्रमश: होम डेलीभरी सरकारको अबधारणा अनुरुप बिस्तार गर्दै लगिने
• राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका खेलकुद क्लबहरुसंगको सहकार्यमा लिग प्रतियोगिताहरु आयोजाना गरिने, ई स्पोर्ट प्रबर्धनका लागि निश्चित स्थानमा आवश्यक संरचना निर्माण गरी अन्तराष्ट्रियस्तरको प्रतियोगिता आयोजना गरिने
• महानगरपालिका क्षेत्रभित्रका डिपार्टमेन्टल स्टोर, सपिङ्ग मल, मार्टहरुमा स्थानीय उत्पादन र अर्गानिक खाद्य बस्तु बिक्रि वितरणका लागि निश्चित स्थान उपलब्ध गराउन आवश्यक समन्वय गरिने
• ७० बर्ष नाघेका बरिष्ठ ज्येष्ठ नागरिकहरुको घरमा गई स्वास्थ्य परीक्षण गर्ने ब्यबस्था मिलाइनेछ |
• पाङ्गमैत्री एटिएम मेशिन समेत संचालन गर्न आबश्यक समन्वय गरिने
• आफ्नै मार्ट ( केएमसी मार्ट ) निर्माण गरी संचालनमा ल्याउन आबश्यक ब्यबस्था मिलाइने
• सार्बजनिक यातायातलाई प्रभाबकारी बनाउन एक छुट्टै कम्पनी स्थापना गरी उपत्यका भित्रका सबै सार्बजनिक यातायातलाई एउटै छातामुनी संचालन हुने गरी ब्यबस्थापन गर्न आवश्यक पहल गरिने
• फुटपाथमा पसल राख्ने कार्यलाई निषेध गर्न आबश्यक प्रबन्ध मिलाउने




















