एजेन्सी:= साउथका सुपरस्टार अल्लु अर्जुनले एक शैक्षिक संस्थानले उत्पादन गरेको विज्ञापनमा अभिनय गरेपछि विवादमा तानिनु भएको छ ।
सामाजिक कार्यकर्ता उपेन्द्र रेड्डीले एक संस्थानको विशेष विज्ञापनमा अल्लुको अनुहारको प्रयोग गरी भ्रामक प्रचार गरिएको भन्दै कारबाहीको माग गर्नुभएको छ। अल्लु संवेदनशील नभएको आरोप लगाउँदै कारबाहीको माग गरिएको छ ।
उहाँले अल्लुविरुद्ध विज्ञापनमा अभिनय गरेको आरोप लगाउँदै चैतन्य शैक्षिक संस्थाविरुद्ध गलत सूचना दिएको भन्दै अम्बरपेट प्रहरीमा उजुरी दिनु भएको हो ।
उहाँले आममानिसलाई गलत सूचना दिएको भन्दै अल्लु र शैक्षिक संस्थानविरुद्ध मुद्दा चलाउनुपर्ने बताउनुभएको छ । यसअगाडि पनि आफ्नो स्टारडमको गलत फाइदा उठाएको भन्दै भारतीय सेलिब्रेटीलाई आरोप लाग्ने गरेको छ ।




















