काठमाडौं := ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ ।
बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्युतीय इन्जिनियरिङलगायत दिगो डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटीसँग सम्झौता गरेको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटी प्रालिका प्रमुख आर्किटेक्ट सञ्जयबहादुर थापाले हस्ताक्षर गर्नुभएको हो ।




















