भक्तपुरको चाँगुनारायण केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भुकम्प।

भक्तपुर := भक्तपुरको चाँगुनारायणमा केन्द्र भएर भूकम्प गएको छ । शनिबार बिहान २ बजेर ३६ मिनेट जाँदा भूकम्प गएको हो ।

भूकम्पले काठमाडौंसहित उपत्यकाका तीनवटै जिल्लामा धक्का महसुस भएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार केन्द्र भक्तपुरको चाँगुनारायण थियो भने ४.७ म्याग्निच्युडको रहेको थियो ।