थारु जातिकै मानिस हुन भनेर गोली प्रहार गर्न आदेश दिइएको छैन:गृहमन्त्री खाँण।

काठमाडौं:= गृहमन्त्री बालकृष्ण खाणले बर्दिया घटनामा गोली चलाउन आदेश नभएको स्पष्टीकरण दिनुभएको छ ।प्रतिनिधिसभामा सांसदहरूको प्रश्न र सभामुखको रुलिङपछि स्पष्टीकरण दिँदै गृहमन्त्री खाणले बर्दिया घटनामा गृहमन्त्रालय, सीडीओ वा एसपीले गोली चलाउन आदेश नदिएको बताउनुभएको हो ।

उहाँले कमभन्दा कम बल प्रयोग गर्ने सरकारको नीति भएपनि बर्दियामा प्रहरीको गोली लागि किशोरीको निधन हुनु दुःखद रहेको भन्दै खाणले घटनाबारे छानबिन गर्न समिति बनाइएको बताउनुभयो । ‘गोली चलाउन आदेश भएको देखिदैन तर घटना भइसकेको छ । यसबारे सत्यतथ्य छानबिन गर्न आजै गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेका छौं’, गृहमन्त्री खाणले भन्नुभयो ।

बर्दियाको मधुवन नगरपालिकामा बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि स्थानीयले गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको थियो । सो क्रममा स्थानीय नविना थारुको मृत्यु भएको थियो । सरकारले गृह मन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा मंगलबार पाँच सदस्यीय समिति गठन गरेको छ । थारुको सोमबार प्रहरीको गोली लाग्दा मृत्यु भएको थियो ।