दूतावास र एनआरएनएको सहयोगमा मलेसियाबाट तीनजना नेपालीको उद्दार गरि स्वदेश फिर्ता।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= गैर आवासीय नेपाली संघ (एनआरएनए) अ र नेपाली राजदूतावास क्वालालम्पुर मलेसियाको संयुक्त सहयोग सहकार्यमा मलेसियामा अलपत्र अवस्थामा रहेका तीनजना नेपाली श्रमिकको उद्दार गरि स्वदेश फर्काइएको छ।

उद्दार भैइ स्वदेश फर्किने तीन जना पीडित नेपाली श्रमिकहरु क्रमशः शनिश्चरे- ४ मोरङ जिल्ला निवासी वीर बहादुर तामाङ , चिरतुङ्गधारा-७ पाल्पा जिल्ला निवासी जिवन्त कुमाल र पठेका-४ खोटाङ जिल्ला निवासी रत्ना बहादुर गिरी रहेको एनआरएनए मलेसिया अध्यक्ष विनोद थापाले जानकारी दिनुभयो।

जानकारी अनुसार ती तीन जना नेपाली श्रमिकहरु बिगत कैयौं बर्ष अघि मलेसिया रोजगारीमा आएर रोजगारदाता कम्पनी छाडि भागेर लामो समयदेखि अवैधानिक हैसियतमै रहि राजधानी क्वालालम्पुर कोतराया क्षेत्रको सडकपेटीमा बेवारिसे अवस्थामा बाँस बस्दै आएका र यताउता भौतारिदैँ माग्दै खाँदै हिड्दै गरेको शरीरमा घाँउ-खटीरा , चोटपटक लागेको एकदमै अवस्थ्य अवस्थामा फेला परेका थिए।

अन्ततः बेवारिसे अवस्थामा फेला परेका ती तीन जना नेपाली श्रमिकहरुको उद्दार गरि दूतावासको सहयोगमा नेपालमा रहेको सक्कली पूरा ठेगाना पता लगाई परिवारसंग सम्पर्क गराइ स्वदेश फर्किन आवश्यक पर्ने सम्पुर्ण प्रक्रिया पूरा गराइ  एनआरएनए र दूतावासले उद्दार गरि आज सोमबार साझ ०६:३५ बजेको हिमालयन एयरलाइन्सको फ्लाइटमार्फत स्वदेश फर्काइएको अध्यक्ष विनोद थापाले बताउनुभयो।

ती नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक पर्ने एयरलाइन्सको हवाई टिकट र ट्राभल डकुमेन्ट दूतावासले नि:शुल्क उपलब्ध गरि सहयोग गर्नुभएको त्यस्तै अध्यागमन  बिभाग (इमिग्रेशन) मा तिर्नुपर्ने जरिवाना रकम , कोरोना परिक्षण गराउन तिर्नुपर्ने रकम, खानाखाजा लगायत अन्य सम्पुर्ण खर्च एनआरएनए मलेसियाले व्यहोरेको अध्यक्ष थापाले बताउनुभयो।

साथै काठमाडौंबाट आफ्नो गाउँको गन्तव्यसम्म पुग्न सहज होस् भनी ब्यक्तिपिच्छे केहि आर्थिक रकम समेत दिइएर सहयोग गरिएको अध्यक्ष थापाले बताउनुभयो।

ती तीनजना नेपालीहरुलाई मलेसियाबाट उद्दार गरि सकुशल नेपाल फर्काउनको लागि नेपाली  राजदूतावास , एनआरएनए मलेसियासंगै सामाजिक अगुवाद्धय राजु क्ष्रेष्ठ , तीलोचन गौतम लगायतले समेत सहजीकरण गर्नुभएको थियो।