‘आइफा अवार्ड २०२२’ मा उत्कृष्ट अभिनेता विक्की कौशल र उत्कृष्ट अभिनेत्री कृतिले हात पारिन् अवार्ड।

युएई:= ‘आइफा अवार्ड २०२२’ मा बलिउड अभिनेता विक्की कौशल उत्कृष्ट अभिनेता घोषित हुनुभएको छ । विक्कीले शुजित सरकारको चलचित्र ‘सरदार उद्यम’बाट यो उत्कृष्ट अवार्ड उचाल्नुभएको हो ।

अवार्डमा उत्कृष्ट अभिनेत्री भने कृति सेनन घोषित हुनुभयो ।कृतिले चलचित्र ‘मिमी’बाट यो अवार्ड प्राप्त गर्नुभएको हो । इन्टरनेशनल इण्डियन फिल्म एकडेमीमा २ देखि ४ जुनसम्म आयोजित अवार्ड शेर शाहले उत्कृष्ट चलचित्र र यसै चलचित्रका निर्देशक विष्णु वरधनले उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गर्नुभयो ।

पंकज त्रिपाठी, सई तम्हनकर, अहान शेट्टी, शरवरी वाघ, जुबिन नौटियाल, असीस कौर, ऐआर रहमालगायतले समेत समारोहमा अवार्ड हात पार्न सफल हुनुभयो । समारोह तीन दिनसम्म आयोजना भएको थियो ।