दराज इ-कमर्सबाट अनलाइन सपिङमार्फत सामान अर्डर गर्दा पत्रकार समेत ठगिए।

काठमाडौं:= दराज इ-कमर्सबाट पत्रकारसमेत ठगिएका छन् । पत्रकार गजेन्द्र बुढाथोकी दराजबाट ठगिनुभएको हो । आफूले दराज नेपालबाट मिस्क्सर ग्राइन्डर सेट अर्डर गरेकोमा उक्त उत्पादन आफ्नो मेसिन अनुकूल नभएका कारण १७ मे २०२२ कै दिन दराजले पठाएको प्याकको एउटा कागजको टुक्रासमेत नराखी फिर्ता गरेको तर दराजले भने पैसा फिर्ता नगरेको उहाँले बताउनुभयो ।

दराजले पैसा फिर्ता नगरेपछि २५ मे २०२२ का दिन इमेल गर्दा दराजले इमेल पठाई १ जुन २०२२ सम्म पैसा फिर्ता गर्ने भनेकोमा हालसम्म पनि फिर्ता नगरेका कारण आफू ठगिएको उहाँले बताउनुभएको छ ।

कम्पनीको नियामानुसार ७२ घण्टाभित्र रकम फिर्ता गर्ने भन्ने नियमसमेत उल्लंघन गरी आफूलाई दराजले ठगी गरेको भन्दै दराज नेपालविरुद्ध उपभोक्ता संरक्षण ऐन-२०७५ को दफा १४, १८ र ३६ बमोजिम आवश्यक कारबाहीका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा उजुरी दिनुभएको छ । यसैबीच उजुरीपछि दराजले बिहीबार रकम फिर्ता गरेको बुढाथोकीले जानकारी दिनुभएको छ ।