बलात्कार आरोपमा थुनामा रहेका पल शाहलाई धरौटीमा नछाड्न उच्च अदालतले दियो आदेश।

काठमाडौं:= किशोरीलाई बलात्कार आरोपमा पुर्पक्षमा थुना (जेल) मा रहेका नेपाली कलाकार पल शाह (पूर्णविक्रम) लाई धरौटीमा नछाड्न र थुनामै राख्न उच्च अदालत पोखराले आदेश जारी गरेको छ ।

धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा बिहिवार उच्च अदालत पोखरामा सुनुवाइ भएकोमा जिल्ला अदालतकै आदेशलाई सदर गरेको हो ।

शाहको पक्षबाट तीन र पीडितको पक्षबाट एक जना वकिलले बहस गरेका थिए । उच्च अदालत पोखराका सूचना अधिकारी विष्णु आचार्यले कृष्ण जोशीलाई पनि जिल्ला अदालतकै फैसला अनुसार कार्यान्वयन गराउन उच्च अदालतले फैसला गरेको बताए । जोशी एक लाख धरौंटीमा छुटेका छन् । तर पल भने छु्टेनन् । जसका कारण उनका फ्यान फलोअर्स निरास बनेका छन् ।

तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए । एक नाबालिक गायिकालाई बलात्कार गरेको आरोपमा शाह प्रहरी हिरासतमा छन् ।