इण्डोनेशियामा डुङ्गा दुर्घटना हुँदा २६ जना बेपत्ता, १७ जनाको उद्दार।

Indonesian rescuers evacuate hundreds of passengers from the KM Sirimau ferry off the coast of Lembata on May 19, 2022. - The KM Sirimau has been marooned for two days with 784 passengers and 55 crew members on board after it ran aground along a 184-kilometre (114-mile) route in East Nusa Tenggara province. (Photo by ATAGORAN / AFP)

एजेन्सी:= इण्डोनेशियाको सुलावेसी द्विपको मकस्सर जलडमरुमध्यमा एक डुङगा डुब्दा २६ जना बेपत्ता भएका छन्।४३ जना सवार सो डुङगाबाट १७ जनाको उद्दार गरिएको छ ।

बिहीबार मकस्सर बन्दरगाहबाट निस्कीएको सो डुङगाको इन्धन सकिनुका साथै खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने आशंका गरिएको छ ।

बेपत्ताहरूको खोजीमा ४० जनाको उद्दार टोली खटिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। सुरक्षा सतर्कता व्यवस्थापन कमजोर भएका कारण हजारौं समुन्द्री द्विप रहेको इण्डोनेशियामा डुङगा दुर्घटना हुने गरेको बताइएको छ ।