काठमाडौं := काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन साहले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन गर्नुभएको छ । साहले औपचारिक विजयी घोषणा भए लगत्तै सक्रियता देखाउनुभएको हो ।
शुक्रबार धन्यवाद सभा सकेर ल्यान्डफिल्ड अवलोकन गरेपछि उहाँले महानगरमा फोहोरको समस्या समाधान नभएसम्म अन्तर्वार्ता नदिने घोषणा गर्नुभएको छ ।
‘फोहोर समस्याको दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव मनाउँदिनँ। खादा र माला पनि लाउने छैन,’ उहाँले भन्नुयो, ‘यो समस्या समाधान नभएसम्म अन्तर्वार्ता समेत दिने छैन।’ बालेन शुक्रबार बिहान मात्र स्वतन्त्रतर्फबाट पहिलोपटक काठमाडौं महानगरको मेयरमा विजयी हुनुभएको हो ।




















