काठमाडौं:= आज ५३औँ विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । सूचना प्रविधिको विकास र विस्तारमा विश्वले फड्को मारेको छ, यही विकास क्रम सुरु भएको दिनको सम्झनामा आज विश्वभर दूरसञ्चार तथा सूचना समाज दिवस मनाइँदै छ ।
अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आइटियु)का विश्वका १९३ सदस्य राष्ट्रभर यो दिवस मनाउने गरिन्छ। अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटियु)को स्थापना दिवस मे १७ लाई आधार मानेर प्रत्येक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको छ ।
सन् १८६५ मे १७ मा आइटियुको स्थापना भएपछि सन् १९६९ मे १७ तारिखमा पहिलो अन्तर्राष्ट्रिय टेलिग्राफ सम्मेलनमा अन्तर्राष्ट्रिय टेलिकम्युनिकेसन युनियन स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको इतिहास छ ।
सो हस्ताक्षरको सम्झनामा सन् २००५ देखि विश्व दूरसञ्चार दिवस मनाउन थालिएको हो । विश्वभर दूरसञ्चार विकासका लागि आवश्यक रणनीति, फ्रिक्वेन्सी व्यवस्थापन जस्ता विषयमा आइटियुले सदस्य राष्ट्रलाई सहयोग गर्ने गरेको छ ।