क्वालालम्पुर (मलेसिया):= मलेसियामा बुद्ध जयन्ती , ऊभौली पर्व र वेसक-डे को अबसरमा २५६६ औं बुद्ध जयन्ती पर्व मनाइएको छ।
आईतवारको दिन राजधानी क्वालालम्पुर स्थित एनआरएनएको कार्यालयमा गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया,नेपाल आदिबासी जनजाती महासंघ मलेसिया र नेपाल तामाङ घेतुङ मलेसियाको संयुक्त आयोजनामा आयोजित एक कार्यक्रमका बिच भगवान बुद्धको पुजा आराधना गरि बुद्ध जयन्ती मनाइएको हो।

लामा गुरु रन्जित तामाङ्गबाट पूजा गरि सुरु भएको कार्यक्रममा नेपाल राजदुतावासका द्वितिय सचिव तथा प्रशासन प्रमुख अतिथि प्रतिक कार्कीले बुद्ध धर्मको सन्देश सद्भाव र सहकार्य सबैले अनुशरण गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै विशेष अतिथि शंकर पौड्यालले मलेसियामा रहेका नेपालीहरुमात्र नभएर स्थानियहरुले पनि एकताबद्ध भएर मनाउने यस कार्यक्रमको माध्यमबाट नेपालीले आफूहरुलाई मलेसियामा राम्रो तरीकाले चिनाउन सकिने बताउनुभयो । उहाँले बोल्दै मलेसियामा नेपालीहरुलाई विशेष गरि गोर्खा, सगरमाथाको देश र बुद्ध जन्मिएको देशको नागरिक भनेर चिन्ने गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाल आदिवासी जनजाती महासंघ मलेसिया शाखाका अध्यक्ष बिपिन राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने किरात याक्थुङ्ग चुम्लुङ्ग मलेसियाका अध्यक्ष दिलकूमार केरुङ्ग, थारु सेवा समाजका संस्थापक संरक्षक र मलाया खबरकर्मी आरएन चौधरी थारु, फोनिज मलेसियाका अध्यक्ष सुनाखरी मगर, किरात राई यायोक्खाका प्रतिनिधि इश्वर राई, एनआरएन मलेसियाका उपाध्यक्ष हेमराज सापकोटा लगायतले शूभकामना मन्तब्य दिनुभएको थियो।
त्यस्तै कार्यक्रमका सभापति तथा एनआरएन मलेसियाका बरिष्ठ उपाध्यक्ष, नेपाल ब्यवसायी समाज मलेसियाका अध्यक्ष इन्द्र लिम्बुले कार्यक्रममा सहयोगि सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा कलाकार सम्झना तामाङ्गले आफ्नो नृत्यहरु प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रम इन्द्र नारायण लिम्बुको सभापतित्व , नेपाली दुताबास मलेसियाका द्वितीय सचिव प्रतीक कार्कीको प्रमुख अतिथित्यता , एनआरएनए मलेसियाका संस्थापक अध्यक्ष श्री शंकर बहादुर पौडेल ज्युको बिशिस्ट अतिथित्व र एनआरएनए एसिया प्रशान्त क्षेत्रका उपसंयोजक श्री हरि प्रसाद भट्टराई ज्यु बिशिस्ट अतिथित्व त्यसै गरि बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको अतिथित्वमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको संचालन एनआरएनए मलेसियाका महासचिव रन्जीत क्षेत्रीले गर्नु भएको थियो ।






















