क्वालालम्पुर (मलेसिया) := सुदूरपश्चिमेली नेपाली समाज मलेसियाको बैठक विभिन्न निर्णय गर्दै आईतबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष दिनेश खड्का’खप्तडी’ को अध्यक्षतामा सम्पन्न उक्त बैठक को संन्चालन महासचिव राज बहादुर साउँदले गरेका थिए ।
उक्त बैठकले कार्यसमिति उपाध्यक्षमा राम बहादुर साउँद लाई मनोनयन गरेको छ । यसैगरी संरक्षक मा समाजका संस्थापक टेक बहादुर बुढा, प्रमुख सल्लाहकारमा टेक बहादुर थित , सल्लाहकारमा निबर्तमान अध्यक्ष तुलाराम धामि , र सल्लाहकारमा महेश राज भट्ट लाई मनोनयन गरिएको महासचिव राज बहादुर साउँदले बताउनुभयो ।

भर्चुअल मार्फत भएको बैठकमा कमल पुरुष,तुलाराम धामि सुरेश भण्डारी, मान बहादुर ऐर, केशब पाण्डे, मनिराज पनेरु ,तिलक चन्द ठकुरी,शिव बहादुर ऐर, ओम प्रकाश ओलि,टेक बहादुर बुढा,र लगायतको उपस्थिती रहेको थियो।
कर्मभूमी मा आईपर्ने विभिन्न समस्याहरूको न्यूनीकरण तथा मातृभूमि प्रतिको कर्तव्य लाई आत्मसात गर्दै रोजगारी तथा विभिन्न पेशामा मलेसियामा रहेका र टेक बहादुर बुढा लगायतको सक्रियतामा,अनेकतामा एकता जैविक विविधतामा समुन्ता ! सुदूर सुदूरपश्चिम हाम्रो प्रतिबद्धता भने मुल नारा सहित सन् २००६ मा स्थापना भएको समाजले आफ्नो उदेश्य प्राप्तिका लागि बिभिन्न परोपकारी कार्य गर्दै आएको छ ।

सामाजिक,सांस्कृतिक,आर्थिक, शैक्षिक, स्वास्थ्य , खेलकुद क्षेत्रमा सहयोग गर्नुको साथै आपसी सदभावको लागि उत्प्रेरित गरि सुदूरपश्चिम प्रदेशको मौलिक कला-साँस्कृतिक पहिचानसँगै जगर्ना को सात साथै सुदूरपश्चिम प्रदेशमा भएका प्रसिद्ध स्थलहरुको प्रचार-प्रसारमा टेवा पुग्ने गरि समाजले सकारात्मक संदेश प्रवाह गर्दै आएको छ।

सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली भन्ने मूलनाराको साथ समृद्धि समाज निर्माणको परिकल्पनालाई आत्मासाथ गर्दै यस समाजको स्थापना भएको थियो । मे १ तारिख मजदुर दिवसको अवसर दिनेश खड्का’खप्तडी’को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको थियो ।




















