काठमाडौं महानगर उम्मेदवार: बालेन र स्थापितबीच झण्डै तीन हजारको मतान्तर।

काठमाडौं := काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता कायमै राख्नुभएको छ ।प्राप्त ताजा मतपरिणाम अनुसार बालेनले आफ्नो मतान्तर फराकिलो बनाउँदै जानुभएको छ । उहाँले ६ हजार २०७ मत ल्याउनु भएको छ ।

यस्तै, नेकपा एमालेका केशव स्थापितले तीन हजार २४५ मतका साथ बालेनलाई पछ्याई रहनुभएको छ ।नेपाली कांग्रेसकी सिर्जना सिंहले अहिलेसम्म दुई हजार ८८५ मत पाउनुभएको छ ।

अग्रता बनाइरहनुभएका बालेन र उहाँलाई पछ्याई रहनुभएका स्थापितबीचको मतान्तर दुई हजार ९६४ को रहेको छ ।मतगणना शनिबार बिहान पौने दश बजेबाट सुरु भएको हो ।