काठमाडौं := काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेद्वार सुनिता डंगोलले अग्रता कायम राख्नुभएको छ । सुरुवाति चरण देखिनै अग्रता बनाउनुभएकी डंगोलले आफ्नो अग्रतालाई फराकिलो बनाउनुभएको हो ।
पछिल्ला मत परिणाम अनुसार उहाँले १७४३ मत ल्याउनुभएको छ । उहाँलाई पछ्याउनुभएका गठबन्धनका साझाँ उम्मेद्वार रामेश्वर श्रेष्ठले ५१६ मत प्राप्त गर्नुभएको छ। साथै, राप्रपाकी बिनिता मगैयाले ४१३ मत पाउनुभएको छ । रामेश्वर मत हेर्दा सुनिता उहाँभन्दा तेब्बर मतले अगाडी रहनुभएको छ ।




















