काठमाडौंमा बालेन शाहलाई सुरुवाती अग्रता।

काठमाडौं := काठमाडौँ महानगरपालिकाको शुरुवाती मतपरिणाममा स्वतन्त्र उम्मेदवार वालेन्द्र शाह वालेनले अग्रता लिनुभएको छ ।

वडा नम्बर १ र वडा नम्बर ३२ को मतगणना सुरु हुँदा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ मत प्राप्त गर्दै सुरुवाती अग्रता कायम गर्नुभएको छ । वडा नम्बर १ मा ५० मत गन्दा बालेनले ११, कांग्रेसकी सिर्जना सिंहले ११ र एमालेका केशव स्थापितले ९ मत प्राप्त गर्नुभएको छ ।

यस्तै, वडा नम्बर ३२ मा २५ मत गन्दा बालेनलाई ११, सिंहलाई ७ र स्थापितलाई ३ मत प्राप्त भएको छ ।