प्रमुख निर्वाचन आयुक्त थपलियाद्वारा मतदान।

dtbfg ub}{ k|d'v lgjf{rg cfo'Qm yklnof eQmk'/sf] dWok'/ lyld gu/kflnsf –! l:yt pk:jf:Yo rf}sLdf /x]sf] dtbfg s]Gb|af6 :yfgLo tx lgjf{rgsf] pDd]bjf/nfO{ dtbfg ub}{ k|d'v lgjf{rg cfo'Qm lbg]zs'df/ yklnof÷ tl:a/M gjLg kf}8]n÷/f;;

काठमाडौं := प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भक्तपुरको मध्यपुरथिमि–१ लोकन्थलीस्थित उपस्वास्थ्यचौकी मतदानस्थलबाट मतदान गरेका छन् । थपलियाले बिहान ७ बजे उक्त मतदानस्थलको ख केन्द्रमा मतदान गरेका हुन् ।

सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले पाँच वर्षपछि आफ्नो ठाउँको प्रतिनिधि चयन गर्न पाउँदा गर्व लागेको बताए । उनले आम मतदातालाई  उत्साहपूर्वक मतदानमा भाग लिन आह्वान गरे। मतदान गर्नुअघि उनले मतदानस्थलको अवलोकन गरेका थिए ।