इटालीयन सिरी ए फुटबल: रोमालाई फ्लोरेन्टिनाले २-० ले हरायो।

एजेन्सी := इटालीयन सिरी ए अन्तर्गत सोमबार राति भएको खेलमा रोमा पराजित भएको छ । शीर्ष चारको लागि प्रतिस्पर्धा गरिरहेको रोमालाई फ्लोरेन्टिनाले २-० ले पराजित गरेकाे हाे ।

घरेलु टोली फ्लोरेन्टिनालाई जिताउन निकोलास गोन्जालेज र जियाकोमो बोनोभेनटुराले १-१ गोल गरे। हारसँगै जोसे माउरिन्होको रोमाले पाँचौ स्थानमा पुग्ने अवसर गुमाएको छ । रोमा ३६ खेलबाट ५९ अंकसहित छैटौँ स्थानमा छ ।

फ्लोरेन्टिना समान अंकसहित साताैँ स्थानमा छ। जारी लिगमा एसी मिलान शीर्ष स्थानमा छ  ।