मलेसियाले अवैधानिक कामदार धरपकड गरि पक्राउ गर्दै, नेपाली १४० जना पक्राउ।

क्वालालम्पुर (मलेसिया):= मलेसियाली अध्यागमन बिभाग (इमिग्रेशन) ले मलेसियामा अवैधानिक कामदार र अवैधानिक तरिकाबाट विदेशीलाई मलेसिया प्रवेश गराउने एजेन्टहरु लाई धरपकड  गर्ने कार्यलाई पुनः तिब्र बनाएको छ।

मलेसियाली अध्यागमन बिभागले जनाए अनुसार यो बर्ष सन् २०२२ को यहीँ महिना मे (May) महिनासम्ममा नेपाली लगायत विभिन्न देशको गरि जम्मा ६ हजार ५ सय ७३ जना अवैधानिक विदेशी कामदारहरुलाई पक्राउ गरि डिपोर्ट गरिएको जनाएको छ।

अध्यागमन बिभागका महानिर्देशक दातुक श्री खैरुल डिजाइमी दाउदले एक पत्रकार सम्मेलनमा बोल्दै भने , बिभागले मलेसियाको विभिन्न स्थानमा देशभरनै छापामारी गरि ६ हजार बढी अवैधानिक कामदार पक्राउ गरि जेल चलान गरिएको साथै डिपोर्ट पनि गरिएको बताउनुभयो।

महानिर्देशक खैरुलका अनुसार पक्राउ पर्नेमा सबैभन्दा बढी इन्डोनेसियाली मुलका गैरकानुनी अवैधानिक आप्रवासी कामदार रहेका छन्, जसमा इन्डोनेसियाली ३ हजार १७२ जना र त्यसपछि ८२० बंगलादेशी रहेका छन् ।

त्यस्तै म्यानमार ६४० जना , फिलिपिना ५५३ जना , थाइल्यान्ड ४४१ जना , इन्डिया २७६ जना , कम्बोडिया १७० जना , पाकिस्तान १५२ जना , नेपाली १४० जना र भियतनामको ८८ जना अन्य सबै गरेर जम्मा ६ हजार ५ सय ७३ जना अवैधानिकलाई पक्राउ गरिएको बताउनुभयो।

स्मरण रहोस् मलेसियाले अवैधानिक कामदारलाई स्वदेश फर्किन दिएको अवधी आउँदो महिना जुन ३० तारिखसम्म मात्रै तोकेको छ। अब सो अवधी सकिन करिब डेढ महिना मात्रै बाँकी रहेको छ। जुन महिनाभित्रमा अवैधानिक नफर्किए त्यस् पश्चात् धरपकड अप्रेसन संगै कडा कदम चालेर अवैधानिकलाई पक्राउ गरि जेल चलान गरिने कडा भन्दा कडा सजाय दिइने मलेसियाले चेतावनी दिँएका छ्न।
Source : Sinar Harian . Com 

advertise