बेल्जियम := नेपाल आदिवासी जनजाती महासंघ बेल्जियमको अध्यक्षमा वीरमान घर्तीमगर निर्वाचित भएका छ्न। विश्व आदिवासी दिवसको अवसरमा बेल्जियमको शैक्षिक शहर लुवेनमा आयोजित एक कार्यक्रममा वीरमानको अध्यक्षतामा आदिवासी जनजाती महासंघ बेल्जियमले नयाँ कार्यसमिति चयन गरिएको हो।
नन्द राज घलेको संयोजकत्वमा अनिता लामा र नेत्र बहादुर मगर सदस्य रहेको तीन सदस्यीय अध्यक्ष मण्डलले अगामी २०२२/२५ कार्यकालको लागि वीरमानको अध्यक्षतामा २१ सदस्यीय कार्य समितिलाई सर्वसम्मत पारित गरेको हो । आदिवासी जनजाती महासंघको उपाध्यक्षमा मुना राई, होम तमु र सूर्यनारायण श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै महासचिवमा पेम्बा गेलु शेर्पा, सचिवमा रबिन राई र यम कुमारी तमुस्यो (उमा), कोषाध्यक्षमा कविता सावदेन (लिम्बू) र सह–कोषाध्यक्ष कान्छा शेर्पा चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सूर्य बहादुर तमु, नीता पुन, ललित पुन, झोरमान तामाङ्ग, सुश्री कला लिम्बू, शेर बहादुर छन्त्याल र लाल तामाङ चयन भएका छन् ।
अन्य पाँच जना सलस्यहरुलाई भने कार्यसमितिले मनोनित गर्ने जानकारी गराइएको छ । नव निर्वाचित कार्यसमितिलाई अध्यक्ष मण्डलका सदस्य अनिता लामाले सपथ गराइएकी थिइन्, भने निवर्तमान कार्यसमितिका कार्यबाहक अध्यक्ष डिल्ली सुब्बाले सफल कार्यकालको लागि शुभकामना दिएका थिए ।




















