मलेसियाको पेनाङमा भएको भलिबल खेलमा सु.प.नेपाली समाज पेनाङ समिति प्रथम।

[ दिनेश खड्का खप्तडि ] 

क्वालालम्पुर (मलेसिया):= हाम्रो साथिभाई युवा क्लब जुुरु पेनाङले आयोजना गरेको पुरुष भलिबल प्रतियोगितामा सुदूरपश्चिमेली नेपाली समाज क्षेत्रिय समिति पेनाङ प्रथम भएको छ।

हरिरायाको अवसरमा भएको भलिबल प्रतियोगितामा ईकोमि मिडिया टाईपिङ टिमलाई पछि पार्दै सुदूरपश्चिमेली नेपाली समाज पेनाङ प्रथम भएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज पेनाङका खेलकुद संयोजक धर्म भट्टराईको नेतृत्वमा भिमलाल मगरको क्याप्टेनमा सहभागि उक्त टिम मा राजेन्द्र धामी ,सुरेश भण्डारी ,शिव बहादुर ऐर, प्रकाश कार्कि सु प समाज पेनाङ्ग का पदाधिकारी ,लगायतको उपस्थिती रहेको थियो ।

आयोजित पुरुष भलिबल प्रतियोगिता मा १६ टिमले सहभागिता रहेको थियो।आईतबार देखि सुरु भएको प्रतियोगिता सोमबार सम्पन्न भएको हो ।