क्वालालम्पुर (मलेसिया):= गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेसियाले नेपाली नयाँ बर्ष २०७९ सालको शुभ उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा कार्यालय (अफिस) उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ।
हिजो मे १ तारिख आईतवार क्वालालम्पुर कोतरायामा अवस्थित एनआरएनएको नयाँ कार्यालय उद्धघाटन मलेसिया सरकारको निम्तो मानेर मलेसिया भ्रमणमा आउनुभएका नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ ’किसान’ ले एक भब्य कार्यक्रमका बिच भब्य उद्धघाटन गरेका हुन ।

कार्यक्रममा उपस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ’किसान’ ले बिदेशमा रहेर पनि नेपाल र नेपालिको समस्यामा निरन्तर सहयोग गरेकोमा एनआरएनए मलेसिया र एनआरएनएका सम्पुर्ण पदाधिकारीहरुलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्य गर्दै अगाडी बढन आग्रह गर्नुभयो। साथै मन्त्री क्ष्रेष्ठले आफूले मलेसिया सरकारसंग यहाँ कार्यरत नेपाली श्रमिकको हकहितको लागि आवश्यक आवाज उठाएको र श्रमिकको श्रम, तलब लगायत स्वास्थ्य सुरक्षा सम्बन्धमा ध्यानाकर्षण समेत गराएको र कार्वानयन गर्न समेत अनुरोध गरेको बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथी नेपाली दूतावास मलेसियाका कार्यवाहक राजदूत तथा उप-नियोग प्रमुख मोती बहादुर श्रीशले श्रमिक दिवस र नयाँ बर्ष साथै एनआरएनएले नयाँ कार्यालय संचालनमा ल्याएको उपलक्ष्यमा शुभकामना मन्तव्य दिनुभयो। शुभकामना मन्तव्य दिने क्रममा मोती बहादुर श्रीशले भन्नुभयो, दूतावास मलेसियामा कार्यरत नेपाली श्रमिकको सेवामा हरदम लागिरहेको छ , कसैलाई कुनै किसिमको समस्या अथवा दु:ख परे दूतावासलाई जानकारी गराउनुहुन अनुरोध गर्नुभयो।
उहाँले भन्नुभयो नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्य मध्य मलेसिया एक भएकोले मलेसियामा दुई लाख भन्दा माथि श्रम स्वीकृति लिएर काम गर्दै आएको बताए । श्रमीक दिवसको अवसरमा मलेसियामा रहेको प्रत्यक श्रमिक हरुको शुख शान्ति समृद्धिको कामना गर्दै गैर आवासीय नेपाली संघ मलेसियाले दुई बर्ष भित्रमा (Covid-19) को महामारीमा समेत समस्यामा परेका नेपाली हरुको शुख दु:खमा साथ दिदै भौतिक रुपमा राहतको प्याकेज लिएर वितरण देखि लिएर जेलमा परेको श्रमिक हरुलाई नेपाली राजदूतावास संग समन्वय गरि स्वदेश फिर्ता लगायतको काम हरु गरेको भन्दै गैरआवासीय नेपाली संघ मलेसिया लाई धन्यवाद ब्यक्त गरे । आगामि दिनहरुमा पनि मलेसियामा रहेको संघ संस्थाहरु सँग समन्वय गरेर काम गर्ने श्रीशले बताउनुभयो।
त्यस्तै कार्यक्रममा उपस्थित अतिथि एनसीसी मलेसियाका पुर्व अध्यक्ष एवं बर्तमान आईसिसि सचिव खगेन्द्र न्यौपानेले शुभकामना दिदै एनआरएनएले आगामी दिनमा पनि समस्यामा परेका नेपालीलाई दुतावाससँग समन्वय गरेर थप उद्दार र राहतका कार्यक्रम गर्दै अगाडी बढ्न सुझाव दिए । न्यौपानेले यस्का लागी आईसिसिबाट र आफ्नो तर्फवाट एनसिसि मलेसियालाई पुर्ण सहयोग रहने बताउनुभयो।
कार्यक्रममा सभापतिको भुमिकामा रहनुभएका एनआरएनए मलेसिया अध्यक्ष विनोद थापाले , मे १ तारिख श्रमिक दिवस मनाउनुको साथै नेपाली नयाँ बर्ष बिक्रम सम्बत् २०७९ सालको शुभ उपलक्ष्यमा एक आपसमा शुभकामना आदानप्रदान कार्यक्रम साथै कार्यालय उद्घाटन गर्न सफल भएकोमा उपस्थित सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो।
एनआरएनए मलेसियाले आफ्नो स्थापनाकालदेखि नै मलेसिया कार्यरत लाखौंलाख नेपाली श्रमिक मध्यका पीडित , दुखि , जेल परेका , अपांग , बिरामी लगायतका नेपाली श्रमिकहरुलाई आर्थिक भौतिक रुपमा सहयोग गर्दै आईरहेको छ । आगामी दिनमा नेपाली श्रमिकको समस्या समाधान गर्न सजिलो होस् र सहयोग पुगोस् र श्रमिकलाई उद्दार गर्न सजिलो होस् भन्ने उद्देश्यले नै क्वालालम्पुरमा एनआरएनएको कार्यालय सञ्चालन सुरु गरिएको अध्यक्ष थापाले बताउनुभयो।
अध्यक्ष थापाले भन्नुभयो, श्रमिकहरुलाई राख्न मलेसियाको कानुनले मान्यता नदिएपनि कुनै पनि श्रमिकहरु समस्यामा परेर एनआरएनएमा ठोकीन आए भने श्रमिकहरुको उद्धार गरेर सम्बन्धित परिवार सम्म पुर्याउने कार्य एनआरएनएले गर्ने गरेको बताए । श्रमिकको सहयोगको लागी नै यो नयाँ कार्यालय संचालन गरेको बताउदै आगामी दिनमा नेपाली दूतावास,सबै संस्थाहरुसँग सहकार्य र समन्वय गरेर श्रमिक हरुको अधिकार हितको लागि काम गर्ने थापाले बताउनुभयो।
सो कार्यक्रममा श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा थानेश्वर भुसाल, नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीस, श्रम सहचारी प्रकाश पन्थी , द्धितिय सचिव तथा जेल शाखा प्रमुख प्रेम बुढ थापा , जनसम्पर्क अधिकृत टेक बुढा, एनआरएनए आईसिसि सचिव खगेन्द्र न्यौपाने,एसिया प्याशिफिक सहसंयोजक हरि भट्टराई, एनआरएनए क्षेत्रीय समिति जोहोरका अध्यक्ष हरि बहादुर बस्नेत , वैदेशिक रोजगार ब्यावसायी कमल गौतम , नेपाल आदिवासी जनजाती महासंघ मलेसियाका वरिष्ठ उपाध्यक्ष एवम् पत्रकार आरएन चौधरी थारु , ईश्वर राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।

एनसिसि मलेसियाका महासचिव रन्जित क्षेत्रीले सञ्चालन गरेको सम्पन्न सो कार्यक्रममा बिभिन्न सांस्कृतिक नृत्य पनि प्रस्तुत गरिएको थियो । लामो समयको कोभिड महामारी पछि भएको उक्त कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो , भने कोभिड माहामारीको बेला एनआरएनए मलेसियासंग सहकार्य गरेर योगदान गरेका नेपालीहरु लगायत खेलाडीहरुलाई पनि सम्मानपत्र प्रदान गरि सम्मानित गरेका थिए।



















