श्रममन्त्री क्ष्रेष्ठ मलेसियामा, मे १ तारिख मलेसियामा कार्यरत श्रमिकसंग छलफल गर्ने।

[ आरएन चौधरी थारु ]

क्वालालम्पुर (मलेसिया):= नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली मलेसिया आइपुग्नु भएको छ।

बुधबार साझ ०७:५५ बजे थाई एयरलाइन्सबाट मलेसिया आइपुग्नु भएका श्रममन्त्री श्रेष्ठलाई मलेसियास्थित अन्तर्राष्ट्रिय विमानस्थल केयलआईएमा स्वागत गर्नको लागि नेपाली राजदूतावास मलेसियाका उपनियोग प्रमुख मोतीबहादुर श्रीस, श्रम सहचारी प्रकाश पन्थी , त्यस्तै गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाका अध्यक्ष विनोद थापा , उपाध्यक्ष हेमराज सापकोटा लगायतको टोलिले खादा सहित सम्मान गरि श्रममन्त्री क्ष्रेष्ठको स्वागत गर्नुभएको थियो।

जानकारी अनुसार मन्त्री क्ष्रेष्ठ समकक्षीद्धय मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा चार दिने अफिसियल भ्रमणमा मलेसिया आउनुभएको हो। भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नुको साथै मलेसियाको गृह मन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने पनि तय भएको सचिवालयले जानकारी दिनुभएको छ। साथै भ्रमणका क्रममा नेपालमा चाडैंनै आयोजना हुने नेपाल-मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा समेत तय गरिनेछ।

त्यस्तै नेपालमा चलिरहेको स्थानीय निर्वाचनलाई लिएर जारी गरिएको आचारसंहितालाई ध्यानमा राखेर कुनैपनि कार्यक्रमको उद्घाटन नगरी यहीँ मे १ तारिख आईतवारको दिन श्रमिक दिवसको अवसरमा मलेसियामा कार्यरत नेपाली श्रमिक र सरोकारवाला निकायसंग श्रमिकको उद्दार , समस्या र समाधानको बिषयमा बृहत् अन्तरक्रिया छलफल समेत गर्ने कार्यक्रम तय भएको एनआरएनए मलेसिया अध्यक्ष विनोद थापाले बताउनुभयो।

मे १ तारिख नेपाली दूतावास र एनआरएनएको आयोजना हुन लागेको श्रममन्त्री क्ष्रेष्ठसंगको श्रमिक विशेष अन्तरक्रिया , छलफल कार्यक्रममा मलेसियामा कार्यरत नेपाली श्रमिक , ब्यावसायी , पत्रकार , संघसंस्थाका पदाधिकारी लगायत सम्पुर्ण जन समुदायमा सहभागी,उपस्थिति भैइदिनुहुनको लागि एनआरएनए मलेसियाले हार्दिक आह्वान गर्नुभएको छ।

Advertisement