डडेल्धुरा := नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।
कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको जनाउनु भएको छ ।
कांग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य कर्णबहादुर मल्ल समूहले कांग्रेस बीपीमा प्रवेश गरी स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेसँग गठबन्धन गरेको थियो ।
डडेल्धुरामा विवादका बीच गएको अधिवेशनमा जिल्ला सभापति मल्लको समूह रुष्ट समेत भएको थियो । अधिवेशन बहिष्कार गरेको उक्त समूहले न्यायका लागि सम्पूर्ण निकाय पुग्ने जनाएको थियो ।
डडेल्धुरा देउवाको गृह जिल्ला हो ।





















