विश्वकै धनाड्य एलन मस्कले ४४ बिलियन डलरमा ट्वीटर नामको सोसल मिडिया किने।

एजेन्सी := विश्वकै धनाड्य एलन मस्कले सोसल मिडिया कम्पनी ट्वीटर खरिद गरेका छन् । मस्कले ४४ बिलियन डलरमा ट्वीटर किनेका हुन् । गत दुई साताअघि मस्कले आफुले ट्वीटर खरिद गर्न सक्ने सम्भावना रहेको खुलासा गरेका थिए । ट्वीटरमा रहेको नक्कली खाताहरु उन्मुलन गर्नेदेखि धेरै परिवर्तन गर्नका लागि छट्वीटर खरिद गरेको उनले बताएका छन् ।

अमेरिकी पत्रिका फोब्र्सका अनुसार विश्वका धनाढ्य मस्कोको कुल सम्पती २७३ दशमलज ६ बिलियन डलर रहेको छ । यसअघि उनले एक अर्व १० करोड डलर बराबरको टेस्लाको शेयर विक्री गरेका थिए । आफ्ना ६ करोड ३० लाख ट्वीटर आफ्नो अरुसगँ कर तिर्नका लागि टेस्लाको १० प्रतिशत शेयर मस्कले विक्री गरेका हुन । मस्कसँग अहिले पनि टेस्लाको शेयर १७ लाख कित्ता रहेको छ। जुन २ खर्ब ८० अर्ब डलर बराबरको सम्पति हो ।

ट्वीटर बोर्डले मूल्य, निश्चितता र वित्तपोषणमा एलन मस्कको प्रस्तावलाई गम्भीरतापूर्वक आँकलन गरेर बेच्ने निर्णय गरेको ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले जानकारी दिएका छन् । उनले भने, ‘यो सम्झौतापछि ट्वीटरको सबै सेयर होल्डर्सलाई आकर्षक प्रिमियम प्राप्त हुने भएकाले ट्वीटरको सेयर होल्डरका लागि यो राम्रो अवसर हो ।’

ट्वीटर कम्पनी खरिद गरिसकेपछि मस्कले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको बताएका छन् । उनले ट्वीटर मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने डिजिटल टाउन भएको जिकिर गरे । ट्वीटर कम्पनी खरिद गरिसकेपछि उनले यसमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताएका छ्न।