कतारको जेलमा रहेका २१ जना नेपालीले पाए क्षमादान,माफी।

कतार := वैदेशिक रोजगारीको निम्ति कतारमा कार्यरत रहि विभिन्न कसुरमा स्थानीय प्रहरी,प्रशासनद्वारा पक्राउ परि जेलमा सजाय भोगिरहेका २१ जना नेपालीहरुले क्षमादान (माफी) पाएका छन्।

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीहरूलाई क्षमादान दिएका हुन्।

कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, २ जना मादकपदार्थ बिक्री वितरण गरेका र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन्।

क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको र छिट्टै दूतावासले ती सबै जनालाई नेपाल फर्काइने जनाएको छ।